आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

कावासोती-११ मा कांग्रेसबाट पाँचै जना उम्मेदवार सर्वसम्मत

    प्रकाशित २०७९ बैशाख ४, आईतबार (२ साल अघि)


नवलपुर । वैशाख ३० मा हुने स्थानिय तहको निर्वाचनका लागि कावासोती नगरपालिकाको वडा नं ११ ले पाँचै जना उम्मेदवार सर्वसम्मत रुपमा टुङ्गयाएको छ ।

कांग्रेसले हालका वडा अध्यक्ष समेत रहेका कांग्रेस नवलपुरका जिल्ला कार्यसमिति सदस्य शारदाप्रसाद अधिकारीको नेतृत्वमा पाँच जना उम्मेदवार टुङ्गो लगाएको कांग्रेस कावासोती- ११ का वडा सभापति बुद्ध गुरुङले बताए ।

शनिबार बसेको कांग्रेसको वाड भेलाले वडा अध्यक्षमा शारदाप्रसाद अधिकारी, महिला सदस्यमा मिरा थनेत, सदस्यहरुमा विष्णुविर राना र हस्तबहादुर पुरी गोसाई र दलित महिला सदस्यमा सीता बिकलाई उम्मेदवारको रुपमा अगाडी सार्ने सर्वसम्मत निर्णय गरेको सभापति गुरुङले बताए ।

यो पटक उम्मेदवारमा सर्वसम्मत भएका पाँचै जना गत स्थानिय निर्वाचन २०७४ मा कांग्रेसबाट निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा यस वडामा कांग्रेसबाट वडा अध्यक्षमा शारदाप्रसाद अधिकारी ५ सय बढिको मतान्तरले विजयी भएका थिए ।

Write your Comment