आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

कावासोती ८ द्वारा खेलकुद सामाग्री वितरण

    प्रकाशित २०७९ बैशाख १, बिहिबार (१ साल अघि)

देवचुली । कावासोती नगरपालिका वडा- ८ ले नवलपुर तेक्वान्दो संघ आइ टि एफ लाई  खेलकुद सामाग्री वितरण गरेको छ ।

बुधबार कावासोती नगरपालिका वडा नं. ८ का अध्यक्ष आनन्द गुरुङले सो खेलकुद सामग्री वितरण गरेका हुन् ।वडा कार्यालयद्वारा १ सेट हेड गार्ड, एक सेट चेस्ट गार्ड, एक सेट लेग सुज, एक सेट सिन गार्ड, एक सेट ग्रोइन गार्ड, एक सेट पन्चिङ्ग फ्लोब्स लगायतका खेलका सामाग्रीहरु नवलपुर तेक्वान्दो संघ आई टि एफ. लाई वितरण गरेको नवलपुर तेक्वान्दो संघ आई टि एफ.का जिल्ला अध्यक्ष वीर कुँवर जानकारी दिए।


खेलकुद सामाग्री वितरण कार्यक्रममा वडा अध्यक्ष आनन्द गुरुङ्गले तेक्वान्दो खेल आत्मरक्षा र अनुशासन कायम गर्ने खेल भएको र वडामा भैरहेको खेललाई पर्वद्धन गर्नुका साथै खेलाडीहरुको सुविधाका लागी वडाले सक्ने सहयोग प्रतिबद्धता व्यक्त गरे।कार्यक्रममा जिल्ला तेक्वान्दो संघका प्रमुख प्रशिक्षक विशाल पाण्डे, प्रशिक्षक राजु आले प्रशिक्षक रविन कुमाल, प्रशिक्षक पुकार परियार लगायतले खेल मार्फत आफ्नो कला कौशल अभिवृद्धि हुनका साथै आफनो देशको नाम राख्न र व्यक्तित्व समेत विकास हुने बताएका थिए ।


खेलकुद क्षेत्रमा राज्यले विशेष बजेट विनियोजन गर्दै खेलाडीहरुको भविष्य सुनिश्चित गराउन पर्ने नवलपुर तेक्वान्दो संघ आइ टि एफ जिल्ला अध्यक्ष वीर कुँवरले जोड दिएका थिए ।

Write your Comment