आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

पछिल्लो चुनावमा मैले ६ करोड खर्च गरेँ : शशांक

    प्रकाशित २०७८ चैत्र २६, शनिबार (२ साल अघि)


काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले निर्वाचन निकै महँगो हुँदै गएको बताएका छन् । जसका कारण पछिल्लो निर्वाचनमा आफ्नो ६ करोड खर्च गरेको उनले बताए ।

उनले भने- मैले मेरो क्षेत्रबाट नवलपरासी गैँडाकोटबाट तीनचोटी जितेँ । पहिलो चुनावमा मेरो खर्च ८० हजार रुपैयाँ थियो । दोस्रो चुनावमा ३ करोड र लास्ट चुनाउमा ६ करोड ! ल भन्नुस् त तपाईँहरू कोही चुनाउ लड्न चाहनुहुन्छ ।

उनले सो क्षेत्रमा अरू कसैले निर्वाचन लड्न चाहेमा आफूले छाड्न तयार रहेको पनि बताए ।कोइरालाले भने- म छोड्न तयार छु । तपाईँहरूले त्यहाँ कम्तीमा ६/७ करोड खर्च गर्नुपर्छ ।चुनावमा खर्च झन् घट्नुपर्ने मान्यता आफू राख्ने उनले बताए । मान्छे चिन्दै गए चुनाव झन् खर्चिलो हुने गरेको उनले अनुभव सुनाए ।

Write your Comment