आज:  २०८० जेष्ठ १६, मंगलबार | Tue, 30, May, 2023 Search
FLASH NEWS

नेकपा एमाले देवचुलीका अध्यक्ष केसी एमाले वडा नं. १ का सर्वसम्मत उम्मेदवार

    प्रकाशित २०७८ चैत्र २६, शनिबार (१ साल अघि)

देवचुली। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले देवचुली १ बाट कृष्णबहादुर केसीको नेतृत्वमा वडाका उम्मेदवारहरु सर्वसम्मत चयन गरेको छ । शनिबार नेकपा एमाले देवचुली १ को भेलाले उम्मेदवारहरुको टुंगो लगाएको हो ।

नेकपा एमाले वडा नं १ ले वडाध्यक्षका लागि नेकपा एमाले देवचुली नगर कमिटी अध्यक्ष समेत रहेका कृष्णबहादुर केसीलाई उम्मेदवार चयन गरेको हो।यसै गरि वडा सदस्यहरुमा अजय थनेत , विजय माझी, संगिता जि.एम र उर्मीला बि.क. चयन गरिएको नेकपा एमाले वडा नं १ का सचिव ढुण्डिराज केसीले जानकारी दिए।

Write your Comment