आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

एमाले नवलपुर : चैत २९ भित्र उम्मेदवारको नाम जिल्लामा पठाउनुपर्ने

    प्रकाशित २०७८ चैत्र २५, शुक्रबार (२ साल अघि)


दयाराम आचार्य,कावासोती । स्थानीय तहको निर्वाचनमा उम्मेदवारको नामावली टुङ्गो लगाउन दलहरू लागि परेका छन् । नवलपुरमा नेकपा एमालेले चैत २९ गते भित्र पालिकाका मेयर , उप मेयर, अध्यक्ष र उपाध्यक्षको नामावली जिल्लामा पठाइसक्नुपर्ने बताएको छ । शुक्रबार बसको जिल्ला कमिटी बैठकले चैत २९ भित्र जिल्लामा नामावली पठाउन निर्देशन गरेको प्रचार प्रसार विभाग नवलपुरका संयोजक सागर पोख्रेलले बताउनुभयो । २९ गते भित्र सके सम्म सर्व सम्मत रुपमा उम्मेदवारको नाम नगर कमिटि र गाउँ कमिटिले जिल्ला कमिटिलाई पठाउन भनिएको उहाँले बताउनुभयो ।

यस्तै २७ गते भित्र वडा कमिटीले वडाका उम्मेद्वार छनोट गरि नगर कमिटी पठाउने निर्णय गरेको उहाँले बताउनुभयो ।बैठकले पालिका स्तरीय घोषणा पत्र र वडागत प्रतिवद्धता पत्र निर्माण गर्ने र प्रगतिशील बिचार भएका परिवर्तनकारी शक्तिहरू सग वार्ता गर्न कमिटी गठन गर्ने निर्णय गरेको छ । यस्तै जिल्ला इन्चार्ज तिलक महत संयोजक रहने गरि केन्द्रीय सदस्यहरू, प्रदेश कमिटी सहितको अनुगमन समिति गठन गरेको छ ।

बैठकले वैशाखा ९ गते कम्युनिष्ट पार्टी स्थापनाको दिन पारेर ज्येष्ठ कम्युनिष्ट नागरिक सम्मान कार्यक्रम गर्ने निर्णय गरेको छ । यस्तै नेकपा माओवादी केन्द्र, र जसपाबाट एमालेमा समायोजना भएका ७ जनालाई जिल्ला कमिटिमा राखि थप जिम्मेवारी प्रदान गरिएको छ ।
बैठक जिल्ला कमिटी अध्यक्ष मुक्तीराम पाण्डेको अध्यक्षता केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज तिलक महतको प्रमुख आतिथ्यता , केन्द्रिय सदस्य एवं सह इन्चार्ज रविन्द्र अधिकारी , केन्द्रिय सदस्य कृष्ण पौडेल, केन्द्रीय सल्लाहकार परिषद् सदस्यहरू, प्रदेश कमिटी सदस्यहरूको उपस्थितमा भएको थियो ।

Write your Comment