आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा १७ हजार बालबालिकाको लागि टाईफाईड विरुद्धको खोप अभियान हुने

    प्रकाशित २०७८ चैत्र २२, मंगलबार (२ साल अघि)


नवलपुर। देवचुलीमा चैत २४ गतेबाट करिव १७ हजार ८ सय बालबालिकाका लागि टाईफाईड विरुद्धको खोप अभियान हुने भएको छ । स्वास्थ्य शाखा देवचुलीले टाईफाईड विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाईफाईड खोपको शुरुवात अभिमुखीकरण कार्यक्रम आईतबार गरेको छ ।

नगरपालिकाको सभाहलमा आईतबार वडाअध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्यकर्मी र राजनैतिक दलका प्रतिनिधि लक्षित कार्यक्रम भएको हो ।

स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले अभिमुखीकरण गर्नुभएको कार्यक्रममा नगर प्रमुख पूर्णकुमार श्रेष्ठले लक्षित उमेरका सबै बालबालिकालाई सेवा लिन सबै सरोकारवाला लगायत अभिभावक समेतले सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे ।

देवचुलीमा करिव १७ हजार ८ सय बालबालिकालाई खोप उपलब्ध हुने प्रारम्भिक तथ्याङ्क रहेको जानकारी दिदै स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले चैत्र २४ गतेबाट अभियान शुरु हुने बताए । खोप लगाउन वडा नं १ देखि १७ सम्मका ४३ वटा विद्यालयलाई खोप केन्द्र निर्धारण गरिएको तालिका छ ।

१५ महिनादेखि १५ बर्ष मुनिका बालबालिकालाई विद्यालयलमा खोप केन्द्र शिविर बनाएर खोप लगाईने भएकाले पहिलो चरणको अभिमुखीकरण गरिएकोमा सम्वन्धित विद्यालयका प्रधानाध्यापक तथा शिक्षिका समेतलाई खोप अभियानका बारेमा अभिमुखीकरण गरिने सिनियर अहेव शिव प्रसाद पराजुलीले बताए ।

Write your Comment