आज:  २०८१ अषाढ ४, सोमबार | Mon, 17, Jun, 2024 Search
FLASH NEWS

थप ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, पद तथा गोपनियताको सपथ पनि (नामावलीसहित)

    प्रकाशित २०७८ चैत्र १८, शुक्रबार (२ साल अघि)


काठमाडौं । सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितीमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षलाई काठमाडौंमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

बिहीबार नियुक्त भएका ४३ जिल्ला अध्यक्षको सूची यसप्रकार छ

पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लाका अध्यक्ष नियुक्त गर्ने निर्णय गरको थियो । तर, उनीहरुलाई नियुक्त गरेको सूचना ढिलो गरेर राजपत्रमा प्रकाशित गरिएको थियो । अझै ६ जिल्ला समितिको अध्यक्ष नियुक्त गर्न भने बाँकी नै छ ।

(स्रोत- नेपाल प्रेस)

Write your Comment