आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकाको प्रशासकीय भवनको मुख्यमन्त्री पोख्रेलले गरे उद्घाटन

    प्रकाशित २०७८ चैत्र १६, बुधबार (२ साल अघि)


देवचुली । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पूर्वी नवलपरासीको देवचुलीमा रहेको देवचुली नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन् ।त्यसैगरी मुख्यमन्त्री पोख्रेलले बुधबार देवचुली नगरपालिकामा  प्रगतिनगर खानेपानीको ओभर हेड टंकीको पनि उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले अघिल्लो सरकारको ऋणका कारण अहिलेको सरकारले विकास गर्न नपाएको बताए । उनले आफूहरुले अघिल्लो सरकारको कामलाई पनि प्रथामिकतामा राखेर काम गरेको दावी गरे ।मुख्यमन्त्री पोख्रेलले देशमा संघीयता आइसकेपनि बजेट विनियोजनमा केन्द्रिकृत प्रणाली कायम रहेकोले स्थानीय तहको क्षेत्रमा सोचे जस्तो विकास हुन नसकेको बताए । उनले बजेटलाई संघीय सरकारले ५०/५० प्रतिशतमा लैजानु पर्नेमा जोड दिए ।

मुख्यमन्त्री पोख्रेलले देश संघीयतामा गएपछि जनताले केही अधिकार पाए पनि देशमा राज्य सञ्चालनको हिसाबले प्रदेश र स्थानीय सरकारले संघीयताको आभाष गर्न नपाएको बताए ।उनले त्रिवेणी कोरला सडक गण्डक प्रदेशको लाइभलाइन सडक भएको बताउँदै त्यसलाई आफ्नो पालामा अगाडि बढाएको बताए । उनले यस बर्ष उक्त बाटो निर्माणका लागि ठेक्का गई सकेको बताउँदै अब छिट्टै सडक निर्माण सकिने बताए ।

कार्यक्रममा संविधान सभा सदस्य कृष्ण पौडेल, गण्डकी प्रदेश सभा सदस्य रोशन गाहाले गण्डकी प्रदेशको अहिलेको सरकारले नेकपा एमाले नेतृत्वको सरकारले गरेका कामहरु लुकाएको आरोप लगाए ।

कार्यक्रममा तिलप्रसाद काफ्ले, खिमानन्द भुसाल लगायतले बोलेका थिए । कार्यक्रम देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

Write your Comment