आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

वाईसीएल नवलपुर संयाेजक पौडेल एमाले प्रवेश

    प्रकाशित २०७८ चैत्र १५, मंगलबार (२ साल अघि)

कावासाेती । वाईसीएल नवलपुर संयाेजक प्रविनराज पाैडेल साेमबार एमालेमा प्रवेश गरेका छन् ।उनिसँगै वाईसीएलकाे केन्द्रीय निति प्रतिस्ठान विभागका सदस्य सानू भण्डारी समेत एमालेमा प्रवेश गरेकाछन् ।
कम्युनिस्ट आन्दोलनलाई धु्रवीकरण गर्दै अघि बढाउनु पर्ने आजकाे आवश्यकता र त्याे अभियान एमालेबाट सम्भव भएकाले आफू अभियानमा जुटेकाे पाैडेलल बताए । माओवादी केन्द्र प्रचन्डकाे स्वार्थमा अलमलिएको उहाँले बताउनु भयाे । जनताका समस्याकाे समाधान भन्दा पनि छाेरीलाई मेयर बनाउने , बुहारीलाई मन्त्री बनाउनेकाम बाहेक जनाताका समस्या समाधानमा प्रचण्ड नलागेकाे उनले बताए । माओवादीबाट अहिलेकाे कम्युनिस्ट आन्दोलन हाक्न नसकिने , विकासका एजेन्डा ,जनताका एजेन्डा सम्बाेधन हुन नसक्ने र यी सब अभिभारा अब एमालेबाट सम्भव रहेकाेले आफू साे पार्टीबाट अलग भएर एमालेकाे अभियानमा जुटेकाे पाैडेलले बताए ।
प्रचन्डले बारम्बार परिवर्तन खतरामा छ भन्दै जनतालाई गुमराहमा राखेर ,जनतालाई लडाएर साम्राज्यवाद र विस्तारवाद सँग साँठगाँठ गर्ने गरेकाे बताए ।
पाैडेलले हिजाे काङ्ग्रेस मुख्य सत्रु भन्ने प्रचण्ड आज काङ्ग्रेसमा के परिवर्तन आएकाे देखेर मित्र बन्याे भन्दै प्रश्न गरे । उनले माओवादीमा प्रचण्डकै भविष्य अन्याेल भएकाे बताउदै तमाम युवालाई समेत आफ्नो भविष्य अन्धकारमा नपारी एमालेमा आउन आग्रह गरे ।
माओवादी परित्याग गरि एमाले प्रवेश गरेकाहरुलाई एमाले केन्द्रीय सदस्य ,नवलपुर इन्चार्ज एवं सांसद तिलक महत, एमाले प्रदेश सचिवालय सदस्य ,प्रदेश सभा सदस्य राेशन गहा, जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले अबिर ,खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
साे क्रममा बाेल्ने नेताहरुले हालकाे एमाले पार्टी एकीकरण हुँदाकाे नेकपाकाे निरन्तरता भएकाे बताउँदै , याे अभियानमा जुटेकाेमा स्वागत गरेका थिए । एमालेनै विकास र,संमृद्वीकाे सपना साकार पार्ने पार्टी भएकाे भन्दै ,याे अभियान पुरागर्न सबै एक भई लाग्नुपर्ने बताएका थिए । अभियानमा जुट्ने सबैलाई एकै फरक व्यवहार नगरि पार्टीले याेग्यता र क्षमता अनुसारको जिम्मेवार प्रदान गर्ने समेत एमाले नेताहरू बताएका थिए । साथै बैशाख ३० गतेकाे निर्वाचनमा सबै ठाउँमा एमालेलाई जिताउने गरि सबै मिलि लाग्न आग्रह समेत गरेका थिए ।

Write your Comment