आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

चौथो कावासोती मेयर कप: कावासोती वार्ड नं ५ फाइनलमा प्रवेश

    प्रकाशित २०७८ चैत्र ९, बुधबार (२ साल अघि)


देवचुली। चौथो कावासोती मेयर कपको पहिलो सेमिफाइनल विजेता हुँदै वार्ड नं ५ फाइनलमा प्रवेश गरेको छ ।
फागुन ३० गतेदेखि कावासोतीमा सुरु भएको चौथो मेयर कप फुटबल प्रतियोगितामा मंगलबार भएको पहिलो फाइनल खेलमा कावासोती वडा न. ५ विजयी भएको छ । वडा न. ५ ले वार्ड नंबर १६ लाई ५ – २ अन्तरले विजयी भएको हो । वार्ड नम्बर ५ का जर्सी नम्बर ९ का सर्जित गुरुङले ४ गोल हान्दै म्यान अफ द म्याच हुन सफल रहनु भएको हो ।
बिहीबार दोश्रो सेमीफाइनल खेल वार्ड नम्बर १ र वार्ड नम्बर ४ का बीच ३ बजे हुने आयोजकले बताएको छ । यसै बीच चैत्र ११ गते कावासोती नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीबीच मैत्रीपूर्ण खेल हुने समेत थनेतले जानकारी दिनुभयो । चौथो मेयर कप प्रतियोगिताको फाईनल खेल चैत्र १२ गते हुनेछ ।

कावासोती नगरपालिकाको आयोजना , डायमण्ड युथ सोसाईटीको सहआयोजना तथा कावासोती वडा न. १२ को समन्वयमा प्रतियोगिता आयोजना भएको हो ।

Write your Comment