आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

महिला कमजोर हुन्छ भन्ने भ्रमलाई तोड्नुपर्छः उपप्रमुख तिवारी

    प्रकाशित २०७८ चैत्र ५, शनिबार (२ साल अघि)


नवलपुर । नवलपुरको देवचुलीमा किशोरीहरुको सवालमा स्थानिय तहको सिकाइ र आगामी कार्य योजना छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार देवचुलीको सहारा पार्टी प्यालेसमा भएको कार्यक्रम किशोरी रितिका पोेखरेलको सभाध्यक्षता एवम् देवचुली नगरपालिकाकी उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्वोधन गर्नु हुदैँ उपप्रमुख तिवारीले नेपाली समाजमा अझै पनि महिलाले केही गर्न सक्दैन भन्ने भ्रम रहेको बताउनुभयो । महिला कमजोर हुन्छ भन्ने भ्रमलाई तोड्नका लागि देशका कुनैपनि स्थान अथवा स्थानिय तहहरुमा किशोरी तथा महिला सशक्तीकरण सम्बन्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भएको छ । उहाँले यस्तै कार्यक्रमहरुमा सवै वर्ग क्षेत्रका किशोरी तथा महिलालाई समेटेर अर्थपूर्णरुपमा सहभागी बनाई सचेतना जगाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध किशोरी , महिला उद्यमी , सामाजिक अभियन्ता , महिला शिक्षक, , महिला जनप्रतिनिधि, महिला सञ्चारकर्मी र बाल अधिकारकर्मीहरको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा विभन्न क्षेत्रमा आबद्ध महिला तथा किशोरीहरुले आआफ्नो क्षेत्रमा भएका सवल पक्ष र स्थानिय तहलाई सुझाव समेत दिएका छन् । गुणस्तरीय प्याडको व्यवस्था , कुनैपनि क्षेत्रमा महिला प्रशिक्षकको आवश्यकता , उमेर बढाएर वैदैशिक रोजगारमा जाने गतिविधिको रोकथाम , अति विपन्न किशोरकिशोरीलाई स्थानिय तहले आर्थिकरुपमा सहयोग गरी उचित शिक्षाको व्यवस्थापन गर्नु पर्ने, विद्यालयमा छात्रामैत्री र अपाङ्मैत्री भवन हुनु पर्ने र हरेक पालिकामा आपतकालिन सेवा केन्द्रको आवश्यकता रहेको स्थानिय सरकालाई सुझाव दिएका हुन् । महिला जनप्रतिनिधिहरुले आआफ्नो पालिकामा उक्त उल्लेखित कुराहरु उठान गर्ने प्रतिवद्धता जनाएका छन् । भने आफुहरुले ५ वर्षेकार्यकालमा किशोरी तथा महिलाको लागि गरेका कामकार्यहरुको जानकारी गराएका थिए ।कार्यक्रम जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना र कनालनको संयुक्त आयोजनमा भएको हो ।

Write your Comment