आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

चितवनमा किशोरी राष्ट्रिय सम्मेलन

    प्रकाशित २०७८ चैत्र ३, बिहिबार (२ साल अघि)


चितवन। रिड नेपालले चितवनको सौराहामा किशोरी राष्ट्रिय सम्मेलन गरेको छ । रिड नेपालको सूचना प्रविधिमा आधरित किशोरी सशक्तिकरण (टेक एज गल्स) ट्याग परियोजना अन्तर्गत शनिबारदेखि मंगलबार सम्म सौराहामा सम्मेलन गरिएको हो ।

चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, बर्दिया, कैलालीका गरि २५ जना किशोरीहरुको सहभागिता रहेको उक्त सम्मेलनमा सम्मेलनमा ६ जिल्लाका १० वटा सामुदायिक पुस्तकालयको प्रतिनिधित्व रहेको थियो ।

२०१९ अगस्टबाट सञ्चालित उक्त परियोजनामा ६ जिल्लाका १३ वर्षदेखि २२ वर्षको उमेर समुहका ५०० जना किशोरीहरुलाई सशक्तिकरणको तालिम दिइएकोे थियो । त्यसमध्येबाट २०२१ मार्चमा २५० जना छनौट गरिएको थियो । दोस्रो चरणबाट छानिएका उत्कृष्ट २५ जना किशोरीलाई राष्ट्रिय सम्मेलनमा सहभागि गराइएको हो ।

रिड नेपालका क्षेत्रीय संयोजक राजु चापागाईका अनुसार परियोजनाको ट्याग लगाएका २५ जना किशोरीहरुको नेतृत्वमा रिड नेपालले किशोरी नेतृत्व उपसमिति गठन गरी विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने भएका छन् । उनी भन्छन,‘उनीहरुको नेतृत्वमा प्रत्येक पुस्तकालयमा १५ जनाको उपसमिति गठन गरी रिड नेपाल र स्थानिय सरकारको सहकार्यमा पुस्तकालयमार्फत समुदायमा साइबर सुरक्षा, वातावरण प्रदुषण, सामाजिक घटनाहरुको खोज अनुसन्धान, शैक्षिक जागरण छाउपडी प्रथा लगायत सामाजिक विभेद सम्बन्धि विषयमा सचेतनाका कार्यक्रम गर्नेछन् ।’

२०१९ अगस्टबाट सञ्चालित उक्त परियोजनामा ६ जिल्लाका १३ वर्षदेखि २२ वर्षको उमेर समुहका ५०० जना किशोरीहरुलाई सशक्तिकरणको तालिम दिइएकोे थियो । त्यसमध्येबाट २०२१ मार्चमा २५० जना छनौट गरिएको थियो । दोस्रो चरणबाट छानिएका उत्कृष्ट २५ जना किशोरीलाई राष्ट्रिय सम्मेलनमा सहभागि गराइएको हो ।

रिड ग्लोबलका कार्यकारी निर्देशक सञ्जना श्रेष्ठले सम्मेलनमा पहिचान भएका समुदायस्तरका समस्या समाधानकालागि परियोजना कार्यान्वयन गनुपर्ने बताइन । उनले किशोरीहरुमा प्राविधिक क्षमताको विकास, आफ्नो क्षमताको पहिचान र सामाजिक क्षेत्रका समस्याको पहिचान गर्न सक्ने भन्दै उनीहरुले समाजमा जनचेतना फैलाउने विश्वास व्यक्त गरिन् ।

रिड नेपाल ३० वर्षदेखि नेपालमा कार्यरत संस्था हो । यस संस्थाले हालसम्म ४३ जिल्लामा ६९ वटा पुस्तकालय स्थापना गरिसकेको छ । हरेक पुस्तकालयमा ५ हजार बढी पुस्तकहरु रहेका छन् । यस संस्थाले ६ जिल्लाका १० वटा पुस्तकालयमा ट्याग परियोजना सञ्चालन गरेको हो । यस संस्थाकोे पुस्तकालयले युवा लक्षित कार्यक्रम गरी नेतृत्वकला, प्रविधिको सिप तथा समावेशीकरण सम्बन्धी काम गर्दै आएको छ ।

Write your Comment