आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

बुलिङटारमा अवैध रूपमा ढुंगा गिट्टी बालुवाकाे उत्खनन

    प्रकाशित २०७८ चैत्र १, मंगलबार (२ साल अघि)


देवचुली । नवलपुरकाे बुलिङटार गाउँपालिका भित्रका नदि तथा खाेलाबाट ढुंगा गिट्टी बालुवाकाे अबैध निकासी भएकाे छ । बुलिङटार-६ का भरतराज रानाका अनुसार कालीगण्डकी नदी र निरन्दी खाेला, फुलमादी खाेलामा अत्याधिक निकाशी भएकाे छ । बुलिङटार गाउँपालिका र प्रहरीकाे मिलेमतोमा यसरी अवैध निकाशी हुदा प्राकृतिक श्राेतकाे दाेहन भएकाे छ ।
अदालतले कालीगण्डकी नदीमा नदीजन्य पदार्थ निकाशमा राेक लगाएपनि नदी तथा खाेलामा बुलिङटार गाउँपालिकाले चाेरी निकाशी नियन्त्रणमा वेवास्ता गर्दा दाेहन बढेकाे बुलिङटार-३का टंकनाथ गिरीले बताए ।

बुलिङटार गाउँपालिका र प्रहरीकाे मिलेमताेमा नदी र खाेलाबाट दाेहन भएकाे स्थानीयकाे आराेप छ । गाउँपालिकाका अध्यक्ष शसिकिरण बस्ताकाेटीसंग नियन्त्रण गर्न आग्रह गर्दा वेवास्ता गर्ने गरेकाे गिरीले जनाए । प्रहरीले नियन्त्रणकाे काम पालिकाले गर्नुपर्ने भन्दै पन्छिने गर्दा प्रहरी र पालिकाकै मिलेमताेमा अबैध निकासी हुने गरकाे स्थानीयकाे बुझाई छ । सम्बन्धि निकायलाई भन्दा वास्ता हुदैन त्यहा मिलेमतो छ भन्ने देखिन्छ रानाले भने- नदीजन्य बस्तुमा कराेडाै घाेटला छ छानवीन हुनुपर्छ ।
प्रहरी उपरीक्षक प्रकाश मल्ल र प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीकाे सरूवा भएपछि खाेला तथा नदीजन्य पदार्थको दाेहन अत्याधिक भएकाे छ । प्रहरी प्रशासन पालिकाका जनप्रतिनिधि मिलेर अवैध निकासी राेक्नु पर्नेमा झन दाेहन हुनु दुखद भएकाे स्थानीयले बताएका छन् ।

Write your Comment