आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

गैंडाकोटमा बस र कार आपसमा ठोक्किँदा एक वडा सदस्यको मृत्यु

    प्रकाशित २०७८ फागुन २८, शनिबार (२ साल अघि)


नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा भएको सवारी साधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

गैंडाकोटको थुम्सीमा बस र कार एकआपसमा ठोक्किँदा बसमा सवार एक यात्रु अचानक बेहोस भई निधन भएको प्रहरीले जनाएको छ।
पूर्वबाट पश्चिम जाँदै गरेको ना६ख ९४५९ नंको बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र३–०१–०२२च ५८०७ नंको कारलाई आज बिहान थुम्सीमा ठक्कर दिएको थियो।

सो दुर्घटनाका कारण बसमा सवार एक जना यात्रु अचानक बेहोस भएको र उनको उपचारका क्रममा चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।
दुर्घटनामा परी ललितपुर–१० कुपण्डोल निवासी ६० वर्षीय वासुदेव थापाको निधन भएको गिरीले जानकारी दिए।

थापा ललितपुर–१० को निर्वाचित वडा सदस्य भएको खुल्न आएको प्रहरी प्रवक्ता गिरीले बताए।

Write your Comment