आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024 Search
FLASH NEWS

जिल्ला स्तरीय छनौट प्रतियोगीताको नृत्यमा सृजना र गायनमा रोशन छनौट

    प्रकाशित २०७८ फागुन २५, बुधबार (२ साल अघि)


नवलपुर । शिक्षा विकास समन्वय इकाईको आयोजना तथा जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानलनको समन्वयमा आज जिल्ला स्तरीय प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम आज कावासोतीमा सम्पन्न गरिएको छ ।
कार्यक्रममा जिल्लाका ८ पालिकाबाट सहभागीता गराई गायन र नृत्य प्रतियोगितात्मक रुपमा विद्यार्थी छनौट गरी गण्डकी प्रदेश स्तरीय प्रतियोगिताका लागी प्रतियोगी छनौट गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कृष्णचन्द्र पोख्रेलले बताउनुभयो । कावासोती ३ मा रहेको जीवन ज्योती माध्यमिक विद्यालयमा भएको छनौट प्रतियोगितामा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कृष्णचन्द्र पोख्रेलको प्रमुख आतिथ्यता एवम् जीवन ज्योती मा. वि. विद्यालय व्यवस्थापन समिति अध्यक्ष चिरन्जीवी जिसीको अध्यक्षता रहेको थियो ।
छनौट प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयबाट सहभागी ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै नृत्यतर्फ देवचुली ७ रामबासको भीमसेन आदर्श मा.वि.मा अध्ययनरत छात्रा सृजना थापा मगर प्रथम भईन ।त्यस्तै गायन तर्फ ५ जना छनौट प्रतियोगीतामा सहभागीलाई पछि पार्दै देवचुलीकै विश्वज्योती मा.वि.का रोशन काफ्ले प्रथम बन्न सफल भए।
शिक्षा विकास इकाई समन्वयका प्रमुख पोख्रेलका अनुसार जिल्लाबाट छनौट भएका प्रतिष्पर्धीहरुको आगामी फागुन २७ गते पोखराको जनप्रिय मा.वि.मा फाईनल प्रतियोगीतामा जिल्लाबाट सहभागिता रहने बताउनुभयो ।

Write your Comment