आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

अन्तर्राष्ट्रिय महिला दिवसमा किशोरीहरूले गरे फरक फरक कार्यक्रम

    प्रकाशित २०७८ फागुन २४, मंगलबार (२ साल अघि)


नवलपुर । आज ११२ औं अन्तराष्ट्रिय महिला दिवस नेपाल लगायत विश्वका धेरै मुलुकहरूले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर मनाएका छन् । यसै क्रममा कावासोतीका किशोरीहरूले भने आफ्नो उमेर समुहका किशोर र किशोरीहरुको लागि आत्म सुरक्षा, महिनावारी सरसफाई र पुन प्रयोग योग्य प्याड निर्माण गर्न सिकाएर यो दिवस फरक तरिकाले मनाएका छन् ।

सबैले विभिन्न बहस, अन्तरकृया र छलफल कार्यक्रम गरिराखेको सन्दर्भमा कावासोतीका किशोरीहरूले आफूले सिकेको विषयहरु फरक तरिकाले सिकाएर दिवस मनाउने योजना निर्माण गरे ।
सो को व्यवस्थापन जागृति बाल तथा युवा सरोकार नेपालले सञ्चालन गरेको किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत कावासोतीको ३ फरक फरक स्थानमा गरेको सामाजिक परिचालक राधादेवी बोटेले बताईन ।

कावासोती नगरपालिका वार्ड नम्बर ११, १२ र १३ मा आत्म सुरक्षा तालिम, वार्ड नम्बर ८ मा र वार्ड नम्बर १६ मा किशोर किशोरीको लागि महिनावारी सरसफाई र आफैले निर्माण गर्न सकिने प्याडको बारेमा जानकारी दिएर यो दिवस मनाएका हुन् ।किशोरी शसक्तिकरण कार्यक्रम का साथी शिक्षक विमाया नेपालीले आफ्नो उमेरका साथीहरूलाई यसरी आफूले जानेको आत्म सुरक्षा तालिम को बारेमा जानकारी दिन पाउँदा खुसी लागेको र यस्तो अभियानहरू नियमित रूपमा सञ्चालन गरिरहनको लागि स्थानीय तह र सबैले सहयोग गर्न अनुरोध गरिन।
किशोरीहरूले आफूले जानेको सीपहरु सिकाउनको लागि सही वातावरण सृजना गर्ने हो भने हिंसा विरुद्धको अभियान सफल हुने र प्रभावकारी हुनेमा शान्ति निकुञ्ज माध्यमिक विद्यालयका शिक्षक गीता देवी न्यौपानेले बताईन।

Write your Comment