आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

एमाले अध्यक्ष ओली आज कावासोती आउँदै

    प्रकाशित २०७८ फागुन २३, सोमबार (२ साल अघि)


नवलपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नवलपुर आउनुहुने भएको छ । जिल्लाको कावासोती स्थित मध्यविन्दु बहुमुखी क्याम्पसको १६औं बार्षिकोत्सव तथा अभिभावक दिवश समारोहमा सहभागी हुन ओली नवलपुर आउन लाग्नुभएको हो ।

क्याम्पस प्रमुख मुक्तिराम पाण्डेका अनुसार ओलीले क्याम्पसको नवर्निमित पुस्तकालय भवन र प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएपछि ओली पहिलोपटक नवलपुर आउन लाग्नुभएको हो । बिहान ११ वजे हेलिकोप्टर मार्फत ओली कावासोती आउने कार्यक्रम छ ।

Write your Comment