आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

बालबालिकाको स्वास्थ्य र पोषण सम्बन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न

    प्रकाशित २०७८ फागुन २२, आईतबार (२ साल अघि)


पर्वत ।बालबालिकाको स्वास्थ्य र पोषण सम्बन्धी अभिमूखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। बालबालिकाको स्वास्थ्य, पोषण र शिक्षामा पहुँच बढाउने उद्देश्यले जागृति बाल तथा युवा सरोकार नेपालले क्यानलानको सहयोग तथा बिहादी गाउँपालिका पर्वतसँगको सहकार्यमा सञ्चालन गर्ने बालबालिकाको स्वास्थ्य र पोषण सम्बन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

पालिका अध्यक्ष कमल प्र.भुषालको अध्यक्षतामा, उपाध्यक्ष डम्बर कुमारी गुरुङ, जिल्ला समन्वय समितिका सदस्य विष्णु माया पौडेल, कार्यपालिका सदस्यहरु, ३० वटा विद्यालयका प्र.अ. प्रशासकीय प्रमुख, विषयगत शाखा प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, बालक्लबका प्रतिनिधि, नेपाल प्रहरी, स्वास्थ्य स्वयमसेविकाहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि सहित १०० जनाको सहभागितामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख हरीप्रसाद भुषाल, शिक्षा शाखा प्रमुख दिनेश भुषाल, प्रशासकीय प्रमुख तथा जनप्रतिनिधि हरुले आफ्ना भनाईहरु राख्नु भएको थियो ।

कार्यक्रमको औचित्यतामाथि प्रस्तुत गर्दै जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले सञ्चालन गर्ने कार्यक्रमको उद्देश्य बजेटको बारेमा प्रकाश पार्दै विद्यालयमा खाजा कार्यक्रम, महिला स्वास्थ्य स्वम्सेविकालाई तालिमहरु, राष्ट्रिय प्रदेश र स्थानीय तहमा बालबालिकाको स्वास्थ्य शिक्षा, पोषण, बालमैत्रीको वारेमा पैरवी र वकालत, स्वास्थ्य शिविर, बालक्लब गठन, पुनरगठन लगायतका गतिविधिहरु एक वर्षसम्म हुने जानकारी गराउनु भएको थियो । कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न क्षेत्रकालाई समेटेर १७ सदस्यीय परियोजना सल्लाहाकार समिति समेत गठन गरिएको थियो ।

कार्यक्रममा पालिका अध्यक्ष भुषालले बालमैत्री बाल पोषण, शिक्षा, स्वास्थ्यका कार्यमा पालिकाले सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु, उपाध्यक्ष डम्बर कुमारी गुरुङ, बालक्लब प्रतिनिधि, प्र.अ.हरुले बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणको वारेमा आफ्नो धारणा राख्नु भएको थियो ।

Write your Comment