आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

प्रेस चौतारी नवलपरासीका संस्थापक अध्यक्ष जैसी सम्मानित

    प्रकाशित २०७८ फागुन २१, शनिबार (२ साल अघि)


नवलपुर । प्रेस चौतारी नवलपरासीका संस्थापक अध्यक्ष होमनाथ जैसी सम्मानित भएका छन् । बिहिवार पोखरामा भएको प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको पहिलो अधिवेशनमा प्रेस चौतारी नवलपरासीका संस्थापक अध्यक्ष जैसी सम्मानित भएका हुन् । सो अधिवेशनमा गण्डकी प्रदेशका सबै जिल्लाका प्रेस चौतारीका संस्थापक जिल्ला अध्यक्षहरुलाई सम्मानित गरिएको हो ।

जैसी सहित गण्डकी प्रदेश प्रेस चौतारीका संस्थापक जिल्ला अध्यक्षहरुलाई गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले खादा ओढाई सम्मानित गरेका थिए ।

पत्रकार महासंघका पुर्व केन्द्रिय पार्षद जैसी विभिन्न सामाजिक संघसंस्थामा सक्रिय रहेका छन् ।लामो समयसम्म शिक्षण पेशामा रही प्रगतिनगर र नवलपुरको समग्र शिक्षाको विकासमा क्रियाशील उनी सेवा निवृत जीवनमा पनि जिल्लाका धेरै सामाजिक संस्था हरुमा बसेर निरन्तर जिल्लाको विकासमा लागिरहेका छन् । जैसी जिल्ला बचत तथा ऋण सहकारी संस्था संजाल नवलपुरका कार्यवाहक अध्यक्ष,नेपाल नेत्रज्योति संघ गण्डकी प्रदेश सदस्य तथा नवलपुरका सचिव ,जागृती बाल तथा युवा सरोकार नेपालका संरक्षक,लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालको ए. ओ. जी. लगायतका विभिन्न संघसंस्थामा आबद्ध छन् ।
नेकपा एमाले नवलपुरका सचिवालय सदस्य तथा पार्टी स्कुल विभाग नवलपुरको उप प्रमुख जैसी नेकपा एमाले नवलपुर प्रदेशसभा निर्वाचन क्षेत्र १ (ख) को संयोजक समेत हुन् ।

Write your Comment