आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

विशालटार खानेपानी संस्थाको २०औं साधारण सभा तथा सातौं अधिवेशन सुरु

    प्रकाशित २०७८ फागुन २१, शनिबार (२ साल अघि)


देवचुली । देवचुली नगरपालिका वडा न ९ विशालटारमा रहेको विशालटार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २० औं साधारण सभा सम्पन्न भएको छ भने सातौं अधिवेशन सुरु भएको छ। कालिका मा. वि.को प्राङ्गणमा संस्थाका अध्यक्ष लिलाधर कंडेलको अध्यक्षता तथा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो। कार्यक्रमको समुद्धाटन गर्नुभएका प्रमुख अतिथि भुसालले आफ्नो मन्तव्य राख्दै विशालटार खानेपानी क्षेत्रभित्रका कुनै पनि विपन्न घरधुरीलाई खानेपानीबाट वन्चित नगर्न अनुरोध गर्नुभयो। खानेपानीको सदुपयोग गर्दै एकपटक प्रयोग गरेको पानीलाई पुन:प्रयोग गरि करेसाबारी र कृषिजन्य उत्पादनमा प्रयोग गर्नपर्नेमा उहाँले जोड दिनुभयो। साधारण सभाको बन्द सत्रले बोरिङ कार्य अगाडि बढाउने, पाइपलाइनको थप विस्तार गर्ने, डोजिङ मेसिन माग गर्ने, वाश प्लान्टका लागि बजेट माग गर्ने, खानेपानी संस्थाको आफ्नै भवन बनाउने, विधान संशोधन गर्ने, लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्ने लगाएतका निर्णय गरेको छ।
संस्थाका अध्यक्षले वर्तमान कार्यसमितिको विघटन गरेपछि उपस्थित भेलाले कालिका मा.वि.का प्रधानाध्यापक रेशम कोइरालाको संयोजकत्वमा देवचुली ९ का वडा कार्यालयका सचिव जीवन गैरे र महेन्द्र कुमार श्रेष्ठ सदस्य रहने गरि ३ सदस्यीय निर्वाचन कमिटी गठन गरेको छ। भेलाबाट अधिवेशनको प्रक्रियालाई निर्वाचन कमिटीले अगाडि बढाउने गरी जिम्मेवारी प्रदान गरिएको छ।

Write your Comment