आज:  २०८० फागुन ११, शुक्रबार | Fri, 23, Feb, 2024 Search
FLASH NEWS

बाल अधिकार, बालमैत्री स्थानीय शासन र मानसिक स्वास्थ्यको बारेमा अभिमुखिकरण देवचुलीमा सम्पन्न

    प्रकाशित २०७८ फागुन १३, शुक्रबार (१ साल अघि)

देवचुली । बालक्लवका बालबालिकाहरुलाई बाल अधिकार, किशोरी मैत्री, बालमैत्री स्थानीय शासन र मानसिक स्वास्थ्यको बारेमा अभिमुखिकरण कार्यक्रम आज देवचुली नगरपालिका वार्ड नं १७ मा सम्पन्न भएको छ । वार्ड नम्बर १७ को बालबालिका लक्षित बजेट अन्तरगत वार्ड स्तरीय बाल क्लव सञ्जाल वार्ड नं १७ को आयोजनामा र वार्ड नम्बर १७ को आर्थिक सहयोगमा सो कार्यक्रम सम्पन्न गरिएको वार्ड स्तरिय बाल सञ्जालका अध्यक्ष रेजिना घर्ती मगरले बताउनुभयो ।

कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बालअधिकार तथा बालमैत्री स्थानीय शासनको बारेमा सेसन सञ्चालन गर्नुभएको थियो ।उहाँले तालिमको समयमा बालअधिकार, नेपालको संविधानमा भएका व्यवस्थाहरूको बारेमा जानकारी दिनु भएको थियो। उहाँले बालबालिकाहरुले आफ्नो अध्ययनलाई ध्यान दिनुपर्ने, बिहेबारी २० वर्ष पारी हुनुपर्ने, बाल विवाहले व्यक्ति, परिवार तथा समाजमा नकारात्मक प्रभाव पार्ने, बालविवाहमा सहभागी हुन नहुने, बालविवाह गैरकानुनी भएको र यसलाई रोक्न सबैको सहयोग आवश्यक पर्नेमा जोड दिनु भयको थियो ।

किशोरी अधिकार र मानसिक स्वास्थ्यको बारेमा किशोरी अभियन्ता रेजिना घर्ती मगरले सहजीकरण गर्नु भएको थियो । पछिल्लो समयमा किशोर किशोरीहरुको आत्महत्याको दर बढ्दै गएको र यसको लागि सबैले मानसिक स्वस्थको लागि गर्नुपर्ने काम र आफ्नो विकासको लागि सोच्नु पर्नेमा जोड दिनुभयो।

सो कार्यक्रमको उद्घाटन समारोहमा वार्ड नम्बर १७ का वार्ड अध्यक्ष विष्णुप्रसाद आचार्यले देवचुली नगर बालमैत्री रहेको र वार्डले पनि यो अभियानलाई सहयोग गर्नुपर्ने भएकोले बालबालिका लक्षित कार्यक्रमको लागि बजेट व्यवस्थापन गरिएको र बालमैत्री दिगोपनको लागि यस्ता अभियानहरु बेला बेलामा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।यस्तै कार्यपालिका सदस्य नव कुमारी शर्माले बालबालिका आफै रोल मोडल हुनु पर्ने र सोही अनुसार कामहरु पनि गर्नको लागि अनुरोध गर्नुभयो साथै बालबालिका लक्षित अभियानहरूमा सदैव सहयोग गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा वार्डभित्रका विद्यालय स्तर बाल क्लव, समुदाय स्तर बाल क्लव र अन्य बालबालिका हरु गरी ६० जनाको सहभागिता रहेको थियो ।

Write your Comment