आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

निर्वाचनमा बालबालिकाको प्रयोग रोक्न ध्यानाकर्षण

    प्रकाशित २०७८ फागुन ९, सोमबार (२ साल अघि)


काठमाडौं । आसन्न निर्वाचनमा बालबालिकाको प्रयोग रोक्न बालबालिकाहरूको क्षेत्रमा कार्यरत सञ्जालहरूले निर्वाचन आयोगलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बालबालिकाहरूको क्षेत्रमा क्रियाशील नागरिक संस्थाहरूको साझा अभियान निर्वाचन समूहका संयोजक डा कृष्ण सुवेदीले स्थानीयतहको निर्वाचनमा बालबालिका र विद्यालयलाई राजनैतिक दलहरूले दलगतरूपमा प्रयोग गर्ने अवस्थाको अन्त्य गर्न संयुक्तरूपमा सो ध्यानाकर्षण पत्र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई बुझाएको बताए ।

बालसहभागितामा कार्यरत संस्थाहरूको साझा समूहका अध्यक्ष मोहन दंगालले भने, ‘नेपाल सरकारका तर्फबाट बालबालिकालाई दलगत राजनीतिमा प्रयोग नगर्ने गरी ऐन, कार्यविधि निर्देशिकाहरूपनि जारी भएका छन र राजनीतिक दलहरूले प्रतिबद्धता समेत जनाएका छन् । तर पनि बालबालिकाहरूको दुरुपयोग नरोकिएका कारण ध्यानाकर्षण पत्र बुझाएका हौं ।’

Write your Comment