आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

बालबालिका र विद्यार्थीलाई असर पर्ने गरी बन्दका कार्यक्रम नगरौँ- सिजप

    प्रकाशित २०७८ फागुन ५, बिहिबार (२ साल अघि)


काठमाडाैं। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यालय र बालबालिकाहरूलाई असर पर्ने गरी नेपाल बन्द वा त्यस प्रकारका राजनीतिक क्रियाकलाप नगर्न अनुरोध गरेको छ । निर्भय वातावरणमा शिक्षा आर्जन गर्न पाउने बालबालिकाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न सिजपले अनुरोध गरेको हो ।

कोभिड महामारीका कारण पटकपटक बन्द रहेका विद्यालयहरू बल्ल खुलेको अवस्थामा बन्द हड्ताल गरिनु दुखद रहेको सिजपले जनाएको छ । राजनीतिक दलहरूले आन्दोलनको नाममा गर्ने बन्द हड्तालले बालबालिकाको मौलिक हकमाथि कुठाराघात गरेको सिजपले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

‘बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने मान्यता र राजनीतिक दलहरूले सो सम्बन्धमा विगतमा जनाएको प्रतिबद्धता अनुसार तत्कालै बन्दसँग सम्बन्धित राजनितीक क्रियाकलापको कार्यक्रम फिर्ता लिन र भविष्यमा नदोहोर्‍याउने सुनिश्चित गर्न आग्रह गर्दछौँ,’ सिजपको विज्ञप्तिको उल्लेख छ ।

Write your Comment