आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

निर्वाचनमा बालबालिकाका सवाललाई प्राथमिकतामा राख्न अभियान

    प्रकाशित २०७८ फागुन ५, बिहिबार (२ साल अघि)


काठमाडाैं ।कन्सोर्टियम नेपालले स्थानीय निवार्चनमा ‘बालबालिकाका विषय : बालबालिकाकै नेतृत्वमा’ अभियानको औपचारिक शुरुवात गरेको छ ।

अभियान अन्तर्गत ‘बालबालिकाको नजरमा निर्वाचन’ नामक सामाजिल साञ्जालमार्फतको अभियान एक कार्यक्रमबीच राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले कन्सोर्टियम नेपालको फेसबुकमा पोष्ट गरी शुभारम्भ गरे ।

आसन्न निर्वाचनमा बालबालिकाका सवालहरुलाई मध्यनजर गर्दै अभियानको थालनी गरिएको हो । उक्त अभियानमा कन्सोर्टियम नेपालले निर्वाचन र बालबालिकासँग सम्बन्धित रहेर सामाजिक सञ्जालमा हरेक हप्ता एक प्रश्न प्रेशित गर्नेछ र बालबालिकाले उक्त प्रश्नमा आफ्ना विचार व्यक्त गर्न पाउने छन् ।

बालबालिकाहरुले व्यक्त गरेका विचारहरुलाई संकलन गरी बालबालिकाकै नेतृत्वमा राजनीतिक दल र सम्बन्धित निकायहरुमा हस्तान्तरण गरी अन्तरसंवाद गरिने कन्सोर्टियम नेपालका अध्यक्ष माेहन दंगालले बताए ।उक्त प्रक्रियालाई कन्सोर्टियम नेपालले सहजीकरण गरिने र चलाइएका अभियान सञ्जालको प्रदेश समिति र सदस्य संस्थाहरु मार्फत सातै प्रदेश र स्थानीय तहहरुमा संचालनमा आउने अध्यक्ष दंगालले जानकारी दिए ।

Write your Comment