आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

बालमैत्री घोषणाका लागि उन्मुख हुँदै कावासोती नगरपालिका

    प्रकाशित २०७८ माघ २४, सोमबार (२ साल अघि)


देवचुली । कावासोती नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्नको लागि बालमैत्री अभियान तिव्र गतिमा अगाडि बढेको छ । कावासोती नगरपालिकाको सभाहलमा सोमबार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुनले नगरका सम्पुर्ण वडाहरुलाई बालमैत्री बनाउन आवश्यक पूर्वाधार निर्माण गरी अनुगमन समेत गरिने बताउनुभयो ।

सोमबार आयोजित सो छलफल कार्यक्रममा नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सम्पूर्ण वडाध्यक्ष , कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा नगरको हालसम्मको अवस्था तथा आगामी दिनमा गर्नुपर्ने कामको बारेमा छलफल गरी योजना समेत निर्माण गरिएको छ । जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बालमैत्रीको अवधारणा तथा सूचकको बारेमा सहजीकरण गर्नुभएको थियो ।

केही वडाहरुलाई बालमैत्री पूर्ण वडाको रुपमा घोषणा गरी दिगो विकासको लागि अघि बढ्ने उप प्रमुख प्रेमशंकर मर्दनियाले जानकारी दिनुभयो।

सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगरपालिका हो भने देवचुली नगरपालिका दोश्रो हो । बालमैत्री नगरपालिका हुने अभियानमा कावासोती नगरपालिका रहेको नगरशिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले बताउनु भयो ।

नेपाल सरकारले २०६८ मा ३९ सूचक रहने गरी घोषणा गर्न सकिने रहेकोमा २०७८ मा सो कार्यविधिलाई संसोधन गरी ५१ सूचक राखिएको छ ।जसभित्र बाल बचाउमा १४ सूचक, बाल संरक्षणमा १० सूचक, बाल विकासमा ६ सूचक, र बाल सहभागितामा ६ सूचक रहने गरी ३६ सेवा सम्बन्धी सूचक र १५ संस्थागत सूचक रहने गरी निर्माण गरिएको छ ।

Write your Comment