आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

कावासाेतीमा काङ्ग्रेस परित्याग गरि युवाहरु एमालेमा प्रवेश

    प्रकाशित २०७८ माघ २२, शनिबार (२ साल अघि)

कावासोती । नवलपुरमा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्ने क्रम बढदै गएकाे छ । नेकपा एमालेले स्थानीय चुनाव लक्षित गरि पार्टी प्रवेशकाे कार्यलाई केन्द्रदेखि गाउँ गाउँसम्म पुर्‍याएकाे छ । काङ्ग्रेस ,माओवादी, जसपालगायतका पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेकाे संख्या समेत बढ्दै गएकाे छ ।
माघ १९ गते कावासाेती ,देवचुली , मध्यबिन्दुबाट काङ्ग्रेस ,माओवादी लगायतका दल परित्याग गरि ५३७ जना एमालेमा प्रवेश गरेका थिए । शुक्रबार फेरि कावासाेती दुई दर्जन युवा काङ्ग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । कावासाेती नगरपालिका वडा नम्बर ४ बाट ती युवाहरू काङ्ग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् ।

एमालेमा प्रवेश गरेका युवाहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य ,नवलपुर ईन्चार्ज तिलक महतले अविर र खादा लगाएर स्वागत गर्नु भएकाे थियो ।देश विकास र सम्मृद्वीकाे एजेन्डा पुरा गर्ने पार्टी एमाले मात्रै भएकाे भन्दै विकासकाे सपना साकार पार्ने अभियानमा जुट्न अन्य दल परित्याग गरि एमालेमा आएकाेमा बधाई दिदै नेता महतले पार्टीमा स्वागत गर्नु भएकाे थियाे ।

नेपाली काङ्ग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका युवाहरुले एमालेकाे विगतमा गरेकाे विकासमुखी काम र विकास प्रेमी साेच देखेर आफुहरु पनि एमालेकाे अभियानमा जुटेकाे बताएका थिए ।

Write your Comment