आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

एमाले नवलपुरको पार्टी कार्यालय उद्घाटन, ६५ जनाले गरे रक्तदान,काङ्ग्रेस ,माओवादी परित्याग गरि ५०० बढी एमाले प्रवेश

    प्रकाशित २०७८ माघ २०, बिहिबार (२ साल अघि)


कावासोती ।नेकपा एमाले नवलपुरको पार्टी कार्यालयको बुधबार उद्घाटन गरिएको छ । एमालेको कावासोती नगरपालिका वडा नम्बर ३ स्थित परिवर्तन चोकमा स्थापना गरिएको कार्यालयको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य, नवलपुर इन्चार्ज एवं सांसद तिलक महतले उद्घाटन गर्नुभएको हो ।
पार्टी कार्यालय उद्घाटनसँगै पदभार ग्रहण कार्यक्रम समेत बुधबारनै सम्पन्न गरिएको छ ।यस अघि फिल्महल चोकमा रहेको नेकपा एमाले नवलपुरको पार्टी कार्यालय फिल्महल चोकबाट २ सय मिटर उत्तरतर्फ परिवर्तन चोकमा सरेको हो । पार्टी कार्यालय उद्घाटन पश्चात बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य, नवलपुर इन्चार्ज एवं सांसद तिलक महतले पाटि थप शसक्त रुपमा अगाडि बढ्ने बताउनुभयो । तत्कालीन एमाले नेतृत्वको सरकार हुँदा नवलपुरमा धेरै विकास निर्माणका काम सुरु भएको स्मरण गर्दै एमालेको समृद्ध नेपाल निर्माणको अभियानमा जोडिनेको संख्या समेत बढ्दै गएको बताउनुभयो ।
कार्यक्रममा बोल्ने केन्द्रिय सदस्यहरू कृष्ण पौडेल, रविन्द्र अधिकारी, प्रदेश सभा सदस्य रोशन गाहा लगायतका नेताहरूले पार्टीलाई थप सङ्गठित बनाउँदै लैजानुपर्ने, तीन महिना पार्टी प्रवेश अभियानको रुपमा कार्यक्रम गर्नुपर्ने र नवलपुरमा एमालेलाई थप मजबुत रुपमा स्थापित गराउन सबै लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रमका अध्यक्ष एवं पार्टीका जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले कार्यालय व्यवस्थापनसँगै अब योजनाबद्ध रुपमा पार्टीका बिभिन्न गतिविधि सञ्चालनलाई तिव्र पारिने बताउनुभयो । कोभिडका कारण कतिपय पार्टी र सङ्गठनका काम गर्न असहज बनेको भएपनि क्रमश अब हरेक क्षेत्रमा पार्टीलाई सङ्गठित बनाउन काम गरिने बताउनुभयो ।
एमाले जनवर्गीय संगठनको रक्तदान कार्यक्रम : ६५ जनाले गरे रक्तदान
कावासोती । नेकपा एमाले नवलपुरको पार्टी कार्यालय उद्धघाटन को अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । कोभिड १९ का कारण उत्पन्न रगतको अभाव पूर्तिका लागि गरिएको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका हुन् ।
नेकपा एमालेका जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु नवलपुर ,अनेमसंघ नवलपुर, रिटर्नी फेडेरेसन नेपालकाे सयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको थियो ।
राजनीतिक दलका जनवर्गीय सङ्गठनले राजनीतिसँगै सामाजिक कार्यक्रम समेत गर्नुपर्छ भन्ने सन्देश दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं एमाले जिल्ला कमिटी सदस्य मदन गिरीले बताउनुभयो ।
नवलपुरमा कांग्रेस, माओवादी परित्याग गरि ५ सय बढि एमाले प्रवेश
कावासोती । नेपाली काङ्ग्रेस , माओवादी लगायतका पार्टी परित्याग गरि ५ सय बढि एमालेमा प्रवेश गरेका छन् । बुधबार नेकपा एमाले नवलपुरको पार्टी कार्यालय उद्घाटन तथा पदभार ग्रहण कार्यक्रममा नेपाली काङ्ग्रेस , माओवादी लगायतका पार्टी परित्याग गरि ५ सय ३७ जना एमालेमा प्रवेश गरेको नेकपा एमाले नवलपुरका पार्टी सचिव भिमलाल अधिकारीले बताउनुभयो ।
देवचुली, कावासोती, मध्यबिन्दुबाट अन्य पार्टी परित्याग गरि उनीहरू एमालेमा प्रवेश गरेको सचिव अधिकारीले बताउनुभयो ।विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेकाहरूलाई एमालेका नेताहरूले पार्टी सदस्यता प्रदान गरेका थिए । उनिहरुलाई अविर र खादा लगाएर एमालेमा स्वागत गरेका थिए ।
एमाले जनताको पार्टी भएको , विकास र संमृद्धिको एजेन्डा एमालेले मात्रै अगाडि बढाउन सक्ने देखेर आफुहरु एमालेको अभियानमा जोडिएको पार्टीमा प्रवेश गर्नेहरुले बताएका थिए ।नेपाली कांग्रेस, माओवादी लगायतका पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेकाहरूलाई स्वागत गर्दै एमाले नेताहरूले एमालेप्रति जनताको विश्वास थप बढेको हुँदा अन्यपार्टी परित्याग गरि एमालेमा प्रवेशको लहर चलेको बताएका थिए ।

Write your Comment