आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

दिव्य ज्याेति सहकारीमा दिपक माझीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

    प्रकाशित २०७८ पौष २५, आईतबार (२ साल अघि)


डि आर क्षेत्री,देवचुली । देवचुली नगरपालिका वडा नं १ मा रहेकाे दिव्य ज्याेति कृषि सहकारी संस्था लिमिटेडकाे छैठौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत गठन भएको छ । बोटे माझीहरु मात्रै संगठित भएर सञ्चालन भएको याे देशको एक मात्र सहकारी संस्था हाे । दिपक माझी अध्यक्ष रहेकाे नयाँ नेतृत्व सर्व सम्मत चयन भएको छ जसकाे उपाध्यक्षमा गितामाया बोटे सचिवमा शर्मिला माझी काेषाध्यक्षमा पवित्रा बोटे तथा सह-सचिवमा काेपिला माझी लगायत छ जना थप सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । साथै लेखा समिति पनि सर्वसम्मत नै चयन भएको छ । जसकाे संयाेजक भाेज बहादुर माझी सदस्यहरुमा सुनी माझी र प्रमिला बोटे रहेका छन् ।

कार्यक्रमकाे पहिलाे खुल्ला सत्रकाे अध्यक्षता सहकारीका अध्यक्ष बावुराम माझी रहनुभएकाेे थियाे भने प्रमुख अतिथि कारितास नेपाल केन्द्रीय कार्यालयका कार्यक्रम अधिकृत बालकुमारी लामा , विशेष अतिथिमा शिसवार पर्यटन विकास समितिका अध्यक्ष विन वहादुर जि. एम. , कारितास नेपालका कार्यक्रम अधिकृत शुसिला कार्की तथा देवचुली नगर कार्यपालिका सदस्य भाेजबहादुर माझी रहनुभएकाे थियाे । कार्यक्रममा मन्तव्य राख्ने अधिकांस वक्ताहरुले सहकारीकाे सफलताकाे लागि शुभकामना तथा शुभेच्छा प्रकट गरेका थिए । कार्यक्रमकाे सहजिकरण सहकारीका व्यवस्थापक पुर्णमाया बोटेले गर्नुभएको थियाे ।

शनिबार भएको बन्द सत्रमा १३ वटा प्रस्तावहरु माथि सर्वसम्मत निर्णय गरिएको छ । बन्द सत्रले शिक्षक टंकनाथ पाैडेलकाे संयाेजकत्वमा निर्वाचन मण्डल ताेकेकाे थियाे , साे निर्वाचन मण्डलले सर्व सम्मत नेतृत्व चयन प्रकृया टुंगो लगाएकाे थियाे । सञ्चालक समितिकाे पदावधि चार वर्षको रहेको छ ।

संस्थाले तिनवटा फरक फरक विधामा शेयर सदस्यलाई पुरस्कृत गरेको छ । जसमा असल बचतकर्तामा गितामाया माझी , असल ऋणीमा मिनबहादुर बोटे र सफल व्यवसायीमा मिना माझी पुरस्कृत भएका छन् ।

Write your Comment