आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

प्रगतिनगर खानेपानी अधिवेशन : सत्ता गठबन्धन विरुद्ध एमालेको सानदार जित

    प्रकाशित २०७८ पौष २०, मंगलबार (२ साल अघि)

देवचुली । देवचुली नगरपालिकास्थित प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा भएको चुनावमा सत्ता गठबन्धन विरुद्ध एमालेको सानदार जित भएको छ । प्रगतिनगर खानेपानी सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा एमालेका खिमानन्द भुसाल निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) जसपा, र नेकपा (एस) सहित गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गरेका छन् ।

गठबन्धनका अध्यक्षका उम्मेदवार नारायणप्रसाद पौडेललाई ५ सय ५९ मतान्तरले भुसालले हराएका हुन् । नेपालकै ठूलो खानेपानी उपभोक्ता संस्थामध्येको उत्कृष्ट खानेपानी संस्था प्रगतिनगर खानेपानी संस्था हो ।तीन हजार पाँच सय ४९ मत खसेकोमा अध्यक्षमा एमालेका खिमानन्द भुसालले दुई हजार चार मत प्राप्त गर्दा गठबन्धनका अध्यक्ष पौडेलले एक हजार चार सय ४५ मत प्राप्त गरेका थिए ।

देवचुली नगरपालिकाको १५ वटा वडामध्ये छ वडाका नौवटा ब्लकसहित १४ पदमा भएको निर्वाचनमा एमाले एक्लै १० पदमा निर्वाचित भएको छ ।नौ ब्लकमध्ये एमालेले २,४,५,७,८ र ९ ब्लकमा जित निकालेको छ । अध्यक्ष , लेखा समिति संयोजकसहित तीन पदमा एमालेले जितेको हो ।

लेखा समितिको संयोजकमा एमालेका रत्ना भुसालले एक हजार आठ सय ६ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिस्पर्धी गठबन्धनका लिलाधर अधिकारीले एक हजार पाँच सय ५३ मत प्राप्त गरेका थिए । एमालेका गीता रिजाल न्यौपाने र शिवलाल पराजुली लेखा समितिको सदस्यमा निर्वाचित भएका छन् ।

गठबन्धनले सचिवमा इन्द्रमणि भुसालसहित ब्लक नं. १, ३ र ६ मा जितेको छ । सचिवमा विजयी इन्द्रमणि भुसाल २१ मतको अन्तरमा विजयी भए । एमालेका सचिवका उम्मेदवार सूर्य दवाडीले एक हजार ६ सय ७८ मत प्राप्त गर्दा गठबन्धनका माओवादी उम्मेदवार इन्द्रमणिले एक हजार ६ सय ९९ मत ल्याए ।

ब्लकतर्फ गठबन्धनबाट ब्लक १ मा लक्ष्मी तिवारी, ब्लक ३ मा नन्दुलाल धिताल र ब्लक ६ मा ओम प्रसाद सारु निर्वाचित हुँदा एमालेका तर्फबाट ब्लक २ मा टोप प्रसाद न्यौपाने , ,ब्लक ४ मा दिना पराजुली ,ब्लक ५ मा गुना भण्डारी ,ब्लक ७ मा दुर्गा देवि विष्ट , ब्लक ८ मा कृष्णकुमार श्रेष्ठ र ब्लक ९ मा जसविर पुलामी निर्वाचित भएका छन् ।

Write your Comment