आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

प्रगतिनगर खानेपानीको अध्यक्षमा पुनः खिमानन्द भुसालको उम्मेदवारी घोषणा

    प्रकाशित २०७८ पौष ९, शुक्रबार (२ साल अघि)

नवलपुर । प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ सञ्चालक समितिका लागि नेकपा एमालेले आफ्नो तर्फका उम्मेदवार घोषणा गरेको छ ।

आज दलदलेमा भएको छलफलबाट खानेपानी संस्थाको अध्यक्षमा पुनः खिमानन्द भुसाललाई अघि सारेको छ । यस्तै, सचिवमा सूर्यप्रसाद दवाडीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।संस्थाको आन्तरिक लेखा समितिको संयोजक सहित २ सदस्यको समेत नाममा निर्णय गरेको छ ।लेखा संयोजकमा रत्ना भुसाल सहित सदस्यहरुमा शिव पराजुली र गीता रिजाल न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

साविक प्रगतिनगर गाविसका ९ वटा वडालाई ९ ब्लक कायम राख्दै प्रत्येक ब्लकबाट उठाउने एक–एक जना सदस्य भने पछि टुङ्ग्याउने गरी अध्यक्ष, सचिव र लेखा समितिका लागि उम्मेदवारको टुंगो लगाईएको एमाले स्रोतले जनाएको छ ।

Write your Comment