आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024 Search
FLASH NEWS

राजनीतिक दलको उम्मेदवार वा प्रतिनिधि बन्ने शिक्षकलाई कारबाही गर्ने त्रिविको चेतावनी

    प्रकाशित २०७८ पौष ८, बिहिबार (२ साल अघि)


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि बनेमा कारबाही गर्ने चेतावनी दिएको छ ।

आज (बिहीबार) सूचना निकालेर त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीलाई राजनीतिक चुनावमा उम्मेदवार नबन्न भनेको छ ।

त्रिवी महाशाखाले विश्वविद्यालयको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० की नियम ६७ मा राजनैतिक निर्वाचनमा उम्मेदवार व्यवस्था भएको स्मरण गराउँदै त्यसो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।

त्रिविले कुनै शिक्षक वा कर्मचारीले राष्ट्रिय वा पालिकाको चुनावमा भाग लिन चाहेमा कार्यकारी परिषद्ले अन्यथा निर्णय गरेमा बाहेक उम्मेदवारीको मनोनयन दाखिला गर्नु भन्दा १५ दिन पहिला नै विश्व विद्यालय सेवाबाट राजीनामा दिनु पर्ने व्यवस्थाको पनि ध्यानाकर्षण गराएको छ । तर, यो व्यवस्था बारे थाहा हुँदाहुँदै पनि विश्वविद्यालयमा कार्यरत केही शिक्षक र कर्मचारी राजनीतिक दलको महाधिवेशन वा विधान अधिवेशन प्रतिनिधिको रुपमा भाग दिएको पाइएको त्रिविको सूचनामा उल्लेख गरिएको छ ।

Write your Comment