आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

१०६ मुलुकमा फैलियो ओमिक्रोन

    प्रकाशित २०७८ पौष ८, बिहिबार (२ साल अघि)


काठमान्डौ – विश्वव्यापी रूपमा फैलिँदै गएको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन हालसम्म १०६ मुलुकमा फैलिएको छ । मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आफ्नो साप्ताहिक रिपोर्टमा हालसम्म ओमिक्रोन भेरियन्टका संक्रमित १०६ मुलुकमा पुष्टि भएको जनाएको हो । विश्वभरको नमूना परीक्षणबाट डेल्टा नै प्रमुख भेरियन्टको रुपमा देखा परेको भए पनि ओमिक्रोन फैलिइरहेको हुँदा जोखिम सिर्जना भएको पनि संगठनको भनाइ छ ।

‘हालैका तथ्यले ओमिक्रोनका संक्रमित वृद्धि हुनेदर डेल्टाको भन्दा बढी भएको र जनसंख्याको इम्युनिटी क्षमता धेरै रहेका एवं समुदायमा संक्रमण फेला परेका मुलुकमा समेत तीव्र रुपमा फैलिइरहेको देखाउँछन्,’ डब्ल्यूएचओले भनेको छ । छिमकी मुलुक भारतमा समेत ओमिक्रोनका संक्रमित बढिरहेका छन् । भारतमा बुधबारसम्म यो भेरियन्टबाट २१३ संक्रमित भइसकेका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्र र दिल्लीमा छन् ।

Write your Comment