आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

चन्दा गुरुङको अध्यक्षतामा फोनिज नवलपुरको नयाँ कार्यसमिति गठन

    प्रकाशित २०७८ मंसिर २६, आईतबार (२ साल अघि)

नवलपुर । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज नवलपुर शाखाको नयाँ कार्यसमिति गठन भएको छ । समितिको शनिबार सम्पन्न तेस्रो अधिवेशनको बन्द सत्रले ३ वर्षका लागी चन्दा गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
समितीको उपाध्यक्षमा राजन थकाली,सचिवमा टोल बहादुर राना मगर, कोषाध्यक्षमा यामु कुमाल, र सहसचिवमा कृष्णमाया थापा सर्वसम्मतिले चयन भएका हुन् । सदस्यहरुमा खेम नारायण महतो, शिला गुरुङ , तेजेन्द्र राना , पुजा गुरुङ , टेक वहादुर रजाली , भिम बहादुर राना , याम वहादुर सोमै र चन्द्रा कुमारी महतो रहेका छन् । यस्तैगरी केन्द्रीय पार्सदमा केवी राना , राम कुमार श्रेष्ठ , अशिफ गुरुङ , सुर्य कुमारी महतो र प्रेमध्वज गाहा रहेका छन् । भने प्रदेश पार्सदमा जित नारायण थनेत शारदा झेडी , टोप वहादुर राना , दिपेन्द्र थापा , प्रितम भुजेल , शारदा श्रेष्ठ , मनिराम थनेत र सविता गुरुङ रहेका छन् ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै फोनिज नवलपुर शाखाका निवर्तमान अध्यक्ष अशिफ गुरुङले आदिवासी जनजातिका आवाज बुलन्द हुने तवरबाट जनजाति पत्रकार लाग्नु पर्ने बताउनु भएको छ । शनिबार कावासोती नगरपालिकाको सभाहलमा विभिन्न सञ्चार गृहमा आबद्ध जनजाती पत्रकारको विशेष उपस्थित रहेको थियो ।

Write your Comment