आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

वडाध्यक्ष कपमा प्रगतिकला मन्दिर युवा क्लब सेमिफाईनल प्रवेश

    प्रकाशित २०७८ मंसिर २१, मंगलबार (२ साल अघि)


राजु चापागाई,देवचुली । देवचुलीमा संचालित प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाईनल खेलमा प्रगतिकला मन्दिर युवा क्लब विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेको छ ।

देवचुली- १० को समन्वयमा शान्तिदीप युवा क्लबको आयोजनामा शान्तिदीप युवा क्लबको खेल मैदान देवचुली- १० मा संचालित प्रतियोगिता अन्तर्गत प्रगतिकला मन्दिर युवा क्लब र नवरङ्गी युवा क्लब कुढौलीबीच भएको निर्धारित समयको खेलमा दुवै टिमबाट १-१ को बराबरी गोल हुँदै ट्राईबेकरमा प्रगतिकला मन्दिर युवा क्लब ४-३ गोल अन्तरले विजयी भएको हो । निर्धारित समयको खेलमा नवरङ्गी युवा क्लब कुढौलीको आशिक गुरुङले अन गोलमा भएको प्रगतिकला मन्दिर युवा क्लबको अग्रतालाई नवरङ्गी युवा क्लब कुढौलीका आशिक तामाङले बराबरी गरेका थिए । खेलमा प्रगतिकला मन्दिर युवा क्लबका गोलरक्षक सरोज तामाङ उत्कृष्ट खेलाडी भएका थिए ।

१६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख २१हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ ।

सेमिफाइनलमा पुग्ने टिमले रु ११ हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत बुधबार सेमिफाइनलको पहिलो खेल सेन्ट्रल कलेज २८ बिगाहा र बरटाँडी युवा क्लबबीच हुने क्लबका सचिव डण्डापाणी न्यौपानेले बताए ।

Write your Comment