आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

गण्डकी कांग्रेस सभापतिमा शुक्रराज शर्मा विजयी

    प्रकाशित २०७८ मंसिर १९, आईतबार (२ साल अघि)


पोखरा । नेपाली कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा ८४ मतले विजयी भएका छन्। शर्माले ६१२ मत ल्याउँदा उनका प्रतिस्पर्धी पर्वतका अर्जुन जोशीले ५२८ मत पाए। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय शर्मा विजयी हुँदा गण्डकी सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का महामन्त्रीमा पराजित भएका छन्।

खड्का संस्थापनपक्षीय सभापतिका प्रत्यासी अर्जुन जोशीको प्यानलबाट महामन्त्रीका प्रत्यासी थिए। उनले ५५६ मत मात्रै प्राप्त गरे। महामन्त्रीमा विजयी विष्णुप्रसाद लामिछानेले ५६७ मत प्राप्त गरी विजयी भए। उनी नवलपुरका हु्न्। २ महासचिवमध्ये किरणबाबु श्रेष्ठले ५७३ मत प्राप्त गरे। प्रवक्ता कुमार पराजित हुँदा उनकै समूहबाट उपसभापतिका प्रत्यासी रहेका गण्डकीका सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ भने विजयी भएका छन्। मेखलालले ५४८ मत पाए। उनका प्रतिद्वन्द्वी बागलुङका हरिप्रसाद श्रेष्ठले ५४८ मतमा चित्त बुझाए। २ जना सभापतिमा स्याङ्जाकी कल्पना तिवारीले ६२४ मत प्राप्त गरिन्।

सहमहामन्त्रीमा महिलातर्फ कास्कीकी कोपिला रानाभाट ५५२ मतसहित विजयी बनिन्। उनकी प्रतिस्पर्धी गण्डकी सांसद ओमकला गौतमले ५१४ मत ल्याइन्। ओमकला संस्थापन पक्षीय हुन्। बाँकी २ सहमहामन्त्रीमा लमजुङका रमेशकुमार पाण्डे र पर्वतका रामचन्द्र जोशी विजयी बने। पौडेलपक्षीय उनीहरुले क्रमशः ६१८ र ५६९ मत प्राप्त गरे।

Write your Comment