आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

वडाध्यक्ष कपमा बरटाडी युवा क्लब विजयी

    प्रकाशित २०७८ मंसिर १७, शुक्रबार (२ साल अघि)


राजु चापागाई, देवचुली । देवचुलीमा संचालित प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको आजको खेलमा बरटाडी युवा क्लब विजयी हुँदै क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

देवचुली वडा नम्बर- १० को समन्वयमा शान्तिदीप युवा क्लबको आयोजनामा शान्तिदीप युवा क्लबको खेल मैदान देवचुली- १० मा संचालित प्रतियोगिताको आयोजक बरटाडी युवा क्लब र सर्लाही १० बीच भएको निर्धारित समयको खेलमा १-१ को बराबरी गोल हुँदै ट्राईबेकरमा बरटाडी युवा क्लब ५-४ गोल अन्तरले विजयी भएको छ । खेलमा बरटाडी युवा क्लबका तर्फबाट सनि तामाङले गोल गरेका थिए भने सर्लाही १० को तर्फबाट किरण शर्माले गोल गरेका थिए ।खेलमा बरटाडी युवा क्लबका आकाश थापा उत्कृष्ट खेलाडी भएका थिए ।

१६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख २१हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ ।

सेमिफाइनलमा पुग्ने टिमले रु ११ हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत शनिबार पहिलो खेल प्रगतिकला मन्दिर युवा क्लब र भैरव स्पोर्ट्स एकेडेमी गोपिगंज बीच साथै दोस्रो खेल सेन्ट्रल कलेज २८ बिगाहा र भगवती एकता युवा क्लबबीच हुने क्लबका सचिव डण्डापाणि न्यौपानेले बताए ।

Write your Comment