आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा सुनौला हजार दिनका आमाहरुलाई पोषण वितरण

    प्रकाशित २०७८ मंसिर १७, शुक्रबार (२ साल अघि)


राजु चापागाई, देवचुली । नवलपुरको देवचुली नगरपालिका वडा न ५ मा सुनौला हजार दिनका आमाहरुलाई पोषण वितरण कार्यक्रम सम्पन्न गरिएको छ । देवचुली नगरपालिका वडा न ५ बाट बिनियोजित बजेटबाट सुनौला हजार दिनका आमाहरुलाई प्रति व्यक्ती १ के. जी. हर्लिक्स,१ क्रेट अण्डा वितरण गरिएको हो ।


बच्चाहरुको शारीरिक,मानसिक तथा बौद्धिक विकासका लागी पोषणको आवश्यकता हुने भएकाले सो कुराको सचेत बनाउनका लागी आमाहरुको पोषण वितरण कार्यक्रम निरन्तर रुपमा गर्दै आईरहेको देवचुली वडा न ५ का अध्यक्ष शिवलाल सापकोटाले बताउनुभयो । वडामा रहेका ३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई १ हप्ता अघिबाट नै वडामा रहेका सुनौला हजार दिनका आमाहरुको नाम संकलन गर्न अनुरोध गरिएको र आज १३० जना सुनौला हजार दिनका आमाहरुलाई पोषण वितरण गरिएको साथै कोही छुटेको भएता पनि वडाले सबैलाई समानरुपले पोषण वितरण गर्ने सापकोटाले बताउनुभयो ।


देवचुली ५ ले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सिलाई कटाई, गुडिया बनाउने तालिम लगायत सशक्तिकरणका लागि निरन्तर काम गर्दै आईरहेको र आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने वडा अध्यक्ष शिवलाल सापकोटाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा देवचुली वडा न ५ का अध्यक्ष शिवलाल सापकोटाको अध्यक्षतामा समाजसेवी कृष्ण सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेपाली काँग्रेस देवचुली ५ का सभापती लेखनाथ सिंजाली, नेकपा एमाले देवचुली ५ का अध्यक्ष ठाकुर प्रसाद पोखरेल, युवा क्लब ,आमा समुहको प्रतीनिधि लगायत सुनौला हजार दिनका आमाहरुको उपस्थितिमा सम्पन्न भएको थियो । सो कार्यक्रमको सहजीकरण देवचुली ५ का वडा सचिव दिलिप दहालले गर्नुभएको थियो ।

Write your Comment