आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिता: अभिषेक चर्च रजहर विजयी

    प्रकाशित २०७८ मंसिर १४, मंगलबार (२ साल अघि)


राजु चापागाई, देवचुली ।देवचुलीमा संचालित प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको आजको खेलमा अभिषेक चर्च रजहर विजयी हुँदै क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

देवचुली वडा नम्बर- १० को समन्वयमा शान्ति दीप युवा क्लबको आयोजनामा शान्ति दीप युवा क्लबको खेल मैदान देवचुली १० मा संचालित प्रतियोगिताको चोरमारा युवा क्लब र अभिषेक चर्च रजहर बीच भएको खेलमा अभिषेक चर्च रजहर ५-० गोल अन्तरले विजयी भएको छ । आजको खेलमा अभिषेक चर्च रजहरको तर्फबाट युमीले २, साहिद, लुकास तामाङ र राज भुसालले १/१ गोल गरेका थिए । आजको खेलमा अभिषेक चर्च रजहरका युमी उत्कृष्ट खेलाडी भएका थिए ।

१६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख २१ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमले रु ११ हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत बुधबार आयोजक शान्ति दीप युवा क्लब र युनाइटेड युवा क्लब गिरवारीबीच खेल हुने क्लबका सचिव डण्डापानी न्यौपानेले बताए ।

Write your Comment