आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

किशोरीको अधिकार संरक्षणका लागि सबै तहको सहकार्य आवश्यक छ

    प्रकाशित २०७८ मंसिर ९, बिहिबार (२ साल अघि)


ज्ञानु पंगेनी, कावासोती । किशोरीको अधिकार संरक्षणका लागि सबै तह र तप्काबाट सहकार्य गर्न आवश्यक रहेको एक कार्यक्रमका बक्ताहरुले जोड दिनुभएको छ ।

कावासोतीमा बुधबार आयोजना भएको किशोरी अधिकार संरक्षणका लागि सरोकारवालाहरुसंग वडास्तरी छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले समुदायमा देखिएका किशोरीहरुका समस्याहरु समाधान गर्न अभिभावक , शिक्षक , स्थानीय सरकारदेखि सम्बन्धीत सबै पक्षले सैद्धान्तिक भन्दा पनि व्यवहारिक रुपमा काम गर्न सके सकारात्मक परिवर्तन ल्याउन सम्भव हुनेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा वडा नं. आठका विभिन्न टोल सुधार समितिका पदाधिकारी , शिक्षक , आमा समूह , महिला स्वास्थ्यकर्मी , जनप्रतिनीधि , संचारकर्मी , नगरपालिकाका प्रतिनीधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि हुनुभएका सबैले आफ्नो वडामा र टोलमा किशोरीको सवालमा देखिएका समस्या र समाधान गर्न आवश्यक काम के हुन सक्छन् ? भन्ने बारेमा आफ्नो आफ्नो धारण राख्नुभएको थियो । सोहिक्रममा कावासोती वडा नं. आठमा किशोरीहरुको सवालमा देखिएको मुख्य मुख्य समस्याहरुमा बालबिवाह , लागुऔषद्य दुव्यर्सनी , विभिन्न होटल व्यवसायमा श्रमिक किशोरीहरुमा श्रम शोषण , यौन शोषण , भ्रुण हत्या किशोराअवस्थामा आत्महत्यामा बृद्धि लगायतका समस्याहरु रहेको बताउनुभएको थियो । अधिकाशंले पछिल्ल्लो समय मोवाईल र सामाजिक सञ्जालका कारण किशोरी तथा बालबालिकाहरु हिंसाको सिकार भएको , सामाजिक सञ्जालको बढि प्रयोगले घरपरिवार , समुदायमा घुलमिल हुन नखोज्ने गर्दा बाहिरको व्यवहारिक र नैतिक ज्ञान हासिल गर्न नसकेको लगायतका समस्याहरु जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक सर्माले सहजीकरण गर्नुभएको थियो । उहाँले किशोरीका अधिकारको बारेमा जानकारी गराउँदै संस्थाले आगामि तिन वर्षसम्म किशोरीको क्षेत्रमा गर्ने कार्यहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले कावासोती नगरपालिकाका १७ वटा वडाका विभिन्न माविमा अध्यनरत किशोरीहरुलाई तालिम प्रदान गरेर साथी शिक्षकको रुपमा तयार पारेको र उनीहरुले विभिन्न स्थान र विद्यालयहरुमा गएर आफुले सिकेका कुराहरु आफुजस्तै किशोर किशोरीहरुलाई जानकारी गराउने बताउनुभयो । विषेश गरेर बालिकाको अधिकार , आत्मसुरक्षा , सुरक्षित महिनावारी लगायतका विषयमा ती किशोरीहरुले सचेतना जगाउने काम गर्ने उहाँले बताउनुभयो । यस्तै संस्थाको तर्फबाट सबै सरोकारवालाहरुसंग तालिम अन्तरकृया तथा किशोरीहरुको सवालमा देखिएका समस्यालाई समाभान गर्न सहजिकरण गर्ने काम गर्ने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रम वडा नं. आठका कार्यवाहक अध्यक्ष देवीलाल पौडेलको अध्यक्षतामा भएको थियो ।

Write your Comment