आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

कांग्रेस नवलपुर क्षेत्र नं १ मा कोईराला र पौडेल समुह बिच कडा प्रतिस्पर्धा

    प्रकाशित २०७८ मंसिर ५, आईतबार (२ साल अघि)


नवलपुर । कांग्रेस नवलपुरमा चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रको मत परिणाम आए सँगै संघिय निर्वाचन क्षेत्रको जोडघटाउ सुरु भएको छ ।
महामन्त्री शशांक कोईरालाको निवार्चन क्षेत्र रहेको संघिय निर्वाचन क्षेत्र नं १ मा महामन्त्री कोईराला र वरिष्ठ नेता रामचन्द्र पौडेल समुह बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

मंसिर ६ र ७ गते हुने संघिय निर्वाचन क्षेत्रको अधिवेशनमा महामन्त्री कोईराला समुहबाट कमलप्रसाद पराजुली र वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेता महेन्द्रध्वज जिसी समुहबाट अमृत भट्टचनले उम्मेदवारी दिने घोषणा गरेर चुनाव प्रचारप्रसारलाई तिव्रता दिएका छन ।

कुल मतदाता १ हजार १ सय ६२ रहेको क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र क मा पौडेल समुहका गोपालप्रसाद सापकोटाले कोईराला समुहका उम्मेदवार तारापति खरेललाई ८२ मत अन्तरले हराउदा प्रदेश सभा निर्वाचन क्षेत्र ख मा कोईराला समुहका उम्मेदवार हेमप्रसाद पाण्डेले पौडेल समुहका उम्मेदवार प्रदीपराज घिमिरेलाई १०९ मत अन्तरले पराजित गरेका छन ।

दुवै प्रदेश सभा निर्वाचन क्षेत्रका सभापतिका उम्मेदवारले पाएको मत हेर्दा क्षेत्र नं १ मा कोइराला समुह २७ मतले मात्रै अगाडी देखिएको छ । नवलपुर टाईम्स सँगको कुराकानीमा कोईराला समुहबाट क्षेत्रीय सभापतिमा उम्मेदवारी घोँषणा गरेका कमलप्रसाद पराजुलीले प्रदेश सभामा देखिएको मतान्तर बढाउने र आफु विजयी हुने दावी गरे । पराजुलीले जित्ने दाबी गरिरहदा पौडेल समुह भने जसरी पनि क्षेत्रमा आफ्नो समुहलाई जिताउने गरेर तयारी गरेको देखिन्छ ।

Write your Comment