आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा कलर बेल्ट परीक्षा तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न

    प्रकाशित २०७८ मंसिर ५, आईतबार (२ साल अघि)


राजु चापागाई,नवलपुर । नवलपुरमा कलर बेल्ट परीक्षा तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।नवलपुर तेक्वान्दो संघ आई टि एफको आयोजनामा कावासोती ८ मा रहेको मनकामना आमा समुहको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

खेलाडीहरुलाई बेल्ट परीक्षा गर्नुका साथै बाग्लुङमा भएको प्रथम गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा स्वर्ण , सिल्भर र ब्राउन पदक जिती नवलपुरलाई द्वितीय बनाउने खेलाडीहरुलाई सम्मान गर्न कार्यक्रम आयोजना गरिएको नवलपुर तेक्वान्दो संघ आई टि एफका अध्यक्ष वीर कुवरले जानकारी दिए।


कार्यक्रममा बेल्ट परीक्षाबाट सेतो बेल्ट ४४ जना, पहेँलो बेल्ट २४ जना हरियो बेल्ट २० जना , नीलो बेल्ट १२ जना र रातो बेल्ट २० जनाले पाउन सफल भएका थिए। त्यस्तै बाग्लुङमा भएको प्रथम गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा ६ स्वर्ण , १६ सिल्भर र १६ ब्राउन पदक पाउने खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो । बेल्ट परीक्षा उत्तीर्ण खेलाडी र प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीबाट सम्मान पत्र प्रदान गरिएको थियो ।

नवलपुर तेक्वान्दो संघ आई टि एफका अध्यक्ष वीर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा नवलपुरमा प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी दिलिप कुमार गिरी, नवलपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन, गण्डकी प्रदेश आइ टि एफ तेक्वान्दो संघका संयोजक घम बहादुर थापा लगायत खेलाडीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

Write your Comment