आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

देवचुलीमा शशी सिग्देलको अध्यक्षतामा ३९ सदस्यीय नेकपा एसको नगर कमिटि गठन

    प्रकाशित २०७८ कार्तिक २५, बिहिबार (२ साल अघि)

देवचुली । नवलपुरको देवचुलीमा नेकपा एकिकृत समाजवादीले प्रथम नगरपालिका अधिवेशन सम्पन्न गरेको छ । देवचुलीका दलदलेमा बुधबार आयोजित अधिबेशनले शसी सिग्देलको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटि गठन गरेको छ ।

अधिवेशनले २ उपाध्यक्ष, १ सचिव र २ सहसचिव सहित ३९ सदस्यीय नगर कमिटि गठन गरेको जनाईएको छ ।

उपाध्यक्षमा शान्ता सापकोटा र थमन सिं सोमै, सचिवमा प्रेम प्रसाद भट्ट र सहसचिवमा रमण गौतम र फणेश्वर भण्डारीलाई अधिबेशनले सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनमा नेकपा एस स्थायी कमिटि सदस्य एवं गण्डकी प्रदेश कमिटिका अध्यक्ष रामजीप्रसाद शर्मा, पोलिट्ब्युरो सदस्य तथा प्रदेश कमिटका सचिव प्रतापलाल श्रेष्ठ, केन्द्रीय सदस्य एवं नवलपुर ईन्चार्ज डा. गोपाल खनाल, जिल्ला अध्यक्ष शालिकराम भटराईलगायत सुभेच्छुक तथा जनबर्गीय संगठनका नेताहरुको उपस्थिति रहेको थियो ।

अधिवेशनको अध्यक्षता जिल्ला कमिटि सदस्य एवं देवचुली ईन्चार्ज खगराज कंडेलले गरेका थिए भने जिल्ला कमिटि सदस्य हुमाकान्त पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य धर्म श्रेष्ठले राखेका थिए ।

नवलपुरका आठ पालिकामध्ये हुप्सेकोट र देवचुलीमा गाउँ नगर कमिटि बनेको छ । मंसीर पहिलो साताभित्र आठै पालिकामा अधिबेशन सम्पन्न गर्ने गरि गतिविधि भईरहेको जिल्ला कमिटिका अध्यक्ष शालिकराम भटराईले जनाएका छन् ।

Write your Comment