आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

वडाध्यक्ष कप फुटबल प्रतियोगिता : झाक्रे फुटबल क्लबलाई उपाधि

    प्रकाशित २०७८ कार्तिक १४, आईतबार (२ साल अघि)


राजु चापागाई, देवचुली ।
देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि झाक्रे फुटबल क्लबले जितेको छ ।

देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा क्लबको आयोजनामा कदमपुरमा रहेको देवीस्थान मन्दिर पछाडीको खेल मैदानमा संचालित प्रतियोगिताको सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लब र झाक्रे फुटबल क्लब बीच शनिबार भएको फाइनल खेलमा झाक्रे फुटबल क्लब १-० गोल अन्तरले विजयी भएको छ । फाईनल खेलमा झाक्रे फुटबल क्लबका सन्दिपले गोल गरेका थिए ।

जितसँगै झाक्रे फुटबल क्लबले नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको छ भने सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लबले नगद रु २५ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको छ । त्यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक, र सर्वोत्कृष्ट खेलाडीहरुलाई मेडल र प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियोे ।

प्रतियोगिताको बिजेता, उपबिजेता तथा सर्वोकृष्ट खेलाडीहरुलाई देवचुली नगरपालिकाका प्रमुख पुर्णकुमार श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगितामा नवलपुर र चितवन जिल्लाका २६ टिमहरुको सहभागिता रहेको थियो ।

समाज सुरक्षा क्लबका अध्यक्ष नवलसिं ढेंगाको अध्यक्षता भएको प्रतियोगिताको समापन कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता थियोे । त्यस्तै देवचुली वडा न ५ का अध्यक्ष शिवलाल सापकोटा  , वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधीलगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Write your Comment