आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024 Search
FLASH NEWS

वडाध्यक्ष कप फुटबल प्रतियोगिता : सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लब र झाक्रे फुटबल क्लब फाईनलमा

    प्रकाशित २०७८ कार्तिक १२, शुक्रबार (२ साल अघि)


राजु चापागाई, देवचुली ।
देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा शुक्रबार सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लब र झाक्रे फुटबल क्लब विजयी हुँदै फाईनलमा प्रवेश गरेका छन् ।

देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा क्लबको आयोजनामा कदमपुरमा रहेको देवीस्थान मन्दिर पछाडीको खेल मैदानमा संचालित प्रतियोगिताको सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लब र दलदले १३ बीच भएको पहिलो सेमिफाइनल खेलमा सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लब २-१ गोल अन्तरले विजयी भएको छ । खेलमा सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लबका मनबहादुर पाटा र मनिष तामाङले १/१ गोल गरेका थिए भने दलदले १३ को तर्फबाट बिहोस तामाङले १ गोल गरेका थिए ।

त्यस्तै झाक्रे फुटबल क्लब र बरटाँडी युवा क्लबबीच भएको दोस्रो सेमिफाइनल खेलमा झाक्रे फुटबल क्लब २-१ गोल अन्तरले विजयी भएको छ । खेलमा झाक्रे फुटबल क्लबका हार्दिक भण्डारी र याहोले १/१ गोल गरेका थिए भने बरटाँडीका तर्फबाट लेलिन जोशीले गोल गरेका थिए ।

नवलपुर र चितवन जिल्लाका २६ टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु २५ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा शनिबार फाइनल खेल सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लब र झाक्रे फुटबल क्लबबीच हुने आयोजक क्लबका सफल लामिछानेले बताए ।

Write your Comment