आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024 Search
FLASH NEWS

वडाध्यक्ष कप फुटबल प्रतियोगिता :सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लब र बरटाँडी सेमिफाईनलमा

    प्रकाशित २०७८ कार्तिक १२, शुक्रबार (२ साल अघि)


राजु चापागाई, दलदले ।
देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा बिहिबार सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लब र बरटाँडी विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेका छन् ।

देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा क्लबको आयोजनामा कदमपुरमा रहेको देवीस्थान मन्दिर पछाडीको खेल मैदानमा संचालित प्रतियोगिताको सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लब र शारदानगरबीच भएको पहिलो खेलमा सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लब ६-० गोल अन्तरले विजयी भएको छ । खेलमा सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लबका मनबहादुर पाटाले ५ गोल र नवीन महतोले १ गोल गरेका थिए।

त्यस्तै अभिषेक चर्च रजहर र बरटाँडीबीच भएको दोस्रो खेलको निर्धारित समयमा दुवै टिमबाट १-१ को बराबर गोल हुँदै ट्राईबेकरमा बरटाँडी ५-४ गोल अन्तरले विजयी भएको छ । निर्धारित समयको खेलमा बरटाँडीका तर्फबाट ओयव गुरुङले गोल गरेका थिए भने अभिषेक चर्च रजहरका तर्फबाट सुरज गुरुङले गोल गरेका थिए ।

नवलपुर र चितवन जिल्लाका २६ टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु २५ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा शुक्रबार पहिलो सेमिफाइनल खेल सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लब र दलदले १३ साथै दोस्रो सेमिफाइनल खेल झाक्रे र बरटाँडीबीच हुने आयोजक क्लबका सफल लामिछानेले बताए ।

Write your Comment