आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नवलपुरमा शुक्रबार बृहत रक्तदान कार्यक्रम हुँदै

    प्रकाशित २०७८ कार्तिक ११, बिहिबार (२ साल अघि)


नवलपुर । नवलपुरको कावासोतीमा शुक्रबार बृहत् रक्तदान आयोजना गरिएको छ । नवलपुर मदिरा तथा प्रोभिजनल व्यवसायी संघको प्रथम वार्षिकोत्सवको अवसर पारेर भोली (शुक्रबार) बृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको हो । गत वर्षको माघमा स्थापनाको भएको संस्थाले सामाजिक भुमिकाको सन्दर्भमा अत्यन्त जिम्मेवारी बोध गर्दै अघि बढिरहेको संस्थाका अध्यक्ष रेशमलाल चापागाइँले बताए । कार्यक्रममा २ सय बढि रक्तदाताले आफ्नो अमुल्य रगत दान गर्ने अध्यक्ष चापागाइँको अपेक्षा रहेको छ । कार्यक्रम नवलपुरको सदरमुकाम कावासोतीको फलफुलचोक स्थित नेपाल रेडक्रस सोसाईटी कावासोती उप–शाखाको भवनमा आयोजना गरिएको छ । कार्यक्रम बिहान ११.०० बजेदेखि दिउँसो ३ बजेसम्म संचालन हुने आयोजकले जनाएको छ ।
संघले यस अघि समेत कोभिड व्यवस्थापन समितिलाई आर्थिक सहयोग लगायत समस्याग्रस्त व्यवसायीलाई सहयोग प्रदान गरिसकेको संघका सचिव प्रभात न्यौपानेले जानकारी दिए । संघले आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै विविध सामाजिक कार्य गर्दै आएको साथै पछिल्लो समय अस्पताल र स्वास्थ्य संस्थामा रगतको माग उच्च भइरहेको सन्र्दभमा कार्यक्रम गरिएकाले पनि सबै रक्तदातालाई आफ्नो अमुल्य रगत दान गर्न सचिव न्यौपानेले आहवान समेत गरेका छन् ।

कार्यक्रमलाई रिलायबल फुड्स एण्ड बेभरेज प्रालिको आर्थिक सहयोग प्राप्त भएको सचिव न्यौपानेले बताए । सो कम्पनीका रेडसोला इनर्जी डिङ्क्स, रेडबुल्लु इनर्जी डिङ्क्स, बदाम जुस लगायतका विभिन्न वस्तु उत्पादन तथा बिक्री गर्दै आइरहेको सो कम्पनीका बजार अधिकृत गणेश अर्यालले जानकारी दिए ।

 

Write your Comment