आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024 Search
FLASH NEWS

वडाध्यक्ष कप फुटबल प्रतियोगिता :दलदले र झाक्रे विजयी

    प्रकाशित २०७८ कार्तिक ११, बिहिबार (२ साल अघि)


राजु चापागाई,देवचुली ।
देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा बुधबार दलदले र झाक्रे विजयी भएका छन् ।

देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा क्लबको आयोजनामा कदमपुरमा रहेको देवीस्थान मन्दिर पछाडीको खेल मैदानमा संचालित प्रतियोगिताको फारम खेलकुद समिति र दलदले १३ बीच भएको पहिलो खेलको निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबर हुँदै ट्राईबेकरमा दलदले ५-४ गोल अन्तरले विजयी भएको छ ।

झाक्रे फुटबल क्लब र आयोजक समाज सुरक्षा क्लबबीच भएको दोस्रो खेलको निर्धारित समयमा दुवै टिमबाट १-१ को बराबर गोल हुँदै ट्राईबेकरमा झाक्रे फुटबल क्लब ६-५ गोल अन्तरले विजयी भएको छ ।
नवलपुर र चितवन जिल्लाका २६ टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु २५ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा बिहिबारको खेल सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लब र शारदानगर साथै अभिषेक चर्च रजहर र बरटाँडीबीच हुने आयोजक क्लबका सफल लामिछानेले बताए ।

Write your Comment