आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

बुटवल नारायणघाट सडक तत्काल मर्मतको माग गर्दै स्थानीय आन्दोलित

    प्रकाशित २०७८ कार्तिक ९, मंगलबार (२ साल अघि)


देवचुली । पुर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट सडक खण्डको देवचुली नगरपालिका क्षेत्रमा पर्ने सडक अत्याधिक बिग्रीएको भन्दै तत्काल सडक मर्मत नगरे चिनियाँ कन्स्ट्रक्सन कम्पनीको सवारी साधन चल्न नदिने भन्दै स्थानीय आन्दोलित भएका छन।

नारायणघाट देखि कावासोती सम्मको सडकमा शाश्वत धाम देखि लोकाहा पुलसम्मको सडक अत्याधिकरुपमा बिगृएर सडकमा खाल्डाखुल्डी भएको र अत्यन्तै धुलो उडने गरे पछि स्थानीयले चिनियाँ कन्स्ट्रक्सन कम्पनीको करिब एक दर्जन सवारी साधनलाई एक घण्टा सडकमै रोकेका हुन ।

माटो र गिटि हालेर सडकका खाल्डाखुल्डी पुर्दा पानी पर्दा हिलो र घाम लाग्दा धुलोले आक्रान्त भएका स्थानीयले कालोपत्रे गरेर खाल्डाखुल्डी पुर्नुपर्ने माग राख्दै आन्दोलन गरेको एक स्थानीय बताउछ्न ।
स्थानीयले सवारी रोकेर कालोपत्रे नगर्दासम्म चल्न नदिने बताए पछि तत्काल नै कालो पत्रे गर्ने निर्माण कम्पनी चिनियाँ कन्स्ट्रक्सन कम्पनीले जनाएको छ ।

बुटवल नारायणघाट सडकको आयोजना प्रमुख रमेश दृष्टीले खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने काम सुरु भएकाले बिगृएर खाल्डाखुल्डी भएको सडक मर्मत गरेर तत्काल कालोपत्रे गर्ने बताए ।

Write your Comment