आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

एमाले वडा अधिवेशन : नवलपुरको कान्छो सचिवमा सुशील चापागाई

    प्रकाशित २०७८ कार्तिक ८, सोमबार (२ साल अघि)


देवचुली। नेकपा एमालेको वडा अधिवेशन शनिबार धेरैजसो ठाउँमा सम्पन्न भएको छ । नवलपुरका पनि अधिकांश पालिकामा सर्वसम्मत नेतृत्व तथा पदाधिकारी चयन भएको छ । नवलपुरकै देवचुली नगरपालिकाका अधिकांश वडामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ।

देवचुली नगरपालिका वडा नम्बर ५ मा भने २३ वर्षका सुशील चापागाई वडासचिवमा सर्वसम्मत रुपमा चयन भएका छन् ।चापागाई जिल्लाका कान्छो वडा सचिव भएको पार्टीले जानकारी दिएको छ । चापागाई अखिलबाट राजनीति सुरु गर्दै पार्टीको वडा सचिव भएका हुन् ।
देवचुली नगरपालिकामा वडा अधिवेशनमा युवाहरु नेतृत्वमा आएका छन् । शनिबार पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच पुर्व प्रधानमन्त्री पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चूअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन सुरु भएको थियो ।

Write your Comment