आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

वडाध्यक्ष कप फुटबल प्रतियोगिता :झाक्रे र दलदले १३ विजयी

    प्रकाशित २०७८ कार्तिक ८, सोमबार (२ साल अघि)


राजु चापागाई, देवचुली । देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा आइतबार झाक्रे र दलदले १३ विजयी हुँदै तेस्रो चरणमा प्रवेश गरेका छन् ।

देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा क्लबको आयोजनामा कदमपुरमा रहेको देवीस्थान मन्दिर पछाडीको खेल मैदानमा संचालित प्रतियोगिताको झाक्रे र अरुणखोलाबीच भएको पहिलो खेलमा झाक्रे १-० गोल अन्तरले विजयी भएको छ । खेलमा झाक्रेबाट राजकुमार स्याङ्तानले गोल गरेका थिए ।
त्यस्तै दलदले १३ र मालपुरबीच भएको दोस्रो खेलमा दलदले १३ ४-० गोल अन्तरले विजयी भएको छ । खेलमा दलदले १३ का तर्फबाट पूर्णबहादुर थापाले ३ गोल र अर्जुन सुनारले १ गोल गरेका थिए ।

नवलपुर र चितवन जिल्लाका २६ टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु २५ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सोमबारको खेल केउरानी र अभिषेक चर्च रजहर साथै फारम खेलकुद समिती र प्रगतिकला मन्दिर युवा क्लबबीच हुने आयोजक क्लबका सफल लामिछानेले बताए ।

Write your Comment